वायुसेनाको विमान दुर्घटना : दुई जना पाइलटको ज्यान गयो

ग्रीस – ग्रीसमा आगलागी नियन्त्रण गर्न र आगो निभाउन प्रयोग भएको वायुसेनाको एउटा विमान दुर्घटना भएको छ ।

ग्रीसको रक्षा मन्त्रालयले विमानमा दुई जना पाइलट रहेको र दुवैको ज्यान गएको जनाएको छ ।

ग्रीक फायर सर्भिसका प्रवक्ता यानिस एर्टोपियोसले दुर्घटना इभिया टापुमा भएको पुष्टि गरेको बीबीसीले जनाएको छ ।

ग्रीसको जंगलमा केही दिनदेखि आगो लागेको छ । आगो फैलिएपछि नियन्त्रणको प्रयास भैरहेको छ।

उच्च गर्मी र डढेलोको कारण ग्रीसमा जनजीवन प्रभावित भएको छ । तीव्र हावाको कारण जङ्गल र वरपरका बस्तीमा डढेलोको जोखिमपछि हजारौँलाई सुरक्षित ठाउँमा सारिएको छ ।

ग्रीसको रोड्स र कोर्फु टापुको जङ्गलमा लागेको डढेलोबाट हजारौँ स्थानीयबासिन्दा र पर्यटकलाई सुरक्षित ठाउँमा सारिएको हो ।

ग्रीक प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले आफूहरु आगोको ज्वालासँग युद्धमा रहेकोे बताउनुभएको छ ।

विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) ग्रीसले गएको हप्ता मात्रै ३५ हजार हेक्टर वन तथा अन्य जमिन डढेलोका कारण प्रभावित भएको जनाएको छ ।

राजधानी एथेन्समा ४१ डिग्री सेल्सियस र मध्य ग्रीसमा ४४ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने अनुमान गरिएको राष्ट्रिय मौसम पूर्वानुमानकर्ताले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।