मिडियासामु पुनः भड्किइन् जया बच्चन ,म बहिरी छैन, नचिच्याऊ

जया बच्चन आफ्नो अभिनयका साथै रिसका लागि पनि परिचित छिन् । उनी भीडमा झन् रिसाउँछिन् । उनको रिस एक पटक पुनः देखिएको छ जब उनी आफ्नी छोरी श्वेता बच्चन नन्दा र छोरा अभिषेक बच्चनसँग आफ्नो आउँदो फिल्म ‘रकी और रानीकी प्रेम कहानी’ को स्क्रिनिङमा पुगेकी थिइन् । जयालाई त्यहाँ भएका मानिसले बोलाउने बित्तिकै उनी रिसाइहालिन् ।

स्क्रिनिङ भइरहेको स्थानमा पुग्दा श्वेता र अभिषेकका लागि केही बेर रोकिइन् तर फोटो खिच्नका लागि फोटोग्राफरले उनलाई बोलाउन थालेपछि उनलाई रिस उठिहाल्यो । त्यसपछि उनले भनिन्, ‘म बहिरी छैन, नचिच्याऊ, आरामले कुरा गर ।’

त्यसपछि फोटो खिच्नका लागि बनाइएको स्थानमा उनीहरू रोकिएनन्, सिधै गए । जयाको यो भिडियो देखेपछि कतिले उनलाई स्कुलको प्रधानाध्यापक भनिरहेका छन् भने कोहीले पापाराजीका लागि उनको मनमा रत्तीभर पनि माया नभएको बताइरहेका छन् । एक प्रयोगकर्ताले लेखेका छन्, ‘त्यसैले हामी रेखालाई माया गर्छौँ । उनको मनमा न त कुनै अहङ्कार छ न कुनै एटिट्युड ।’

जया बच्चनको नयाँ फिल्म ‘रकी और रानी की प्रेम कहानी’ मा रणवीर सिंह, आलिया भट्ट, शबाना आजमी र धर्मेन्द्र पनि देखिनेछन् । करण जौहरको यो फिल्म २८ जुलाईमा सिनेमाघरमा रिलिज हुनेछ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।