उद्यमीलाई स्तरोन्नति तर्फ प्रविधि हस्तान्तरण

धनकुटा,१० साउन । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले गरिबी निवारणका लागि लद्यु उद्यम विकास कार्यक्रमको दोस्रो चरण अन्र्तगत तालिम लिएका उद्यमीहरुलाई स्तरोन्नति तर्फ प्रविधि हस्तान्तरण गरेको छ ।

गाउँपालिकाको वडा न ४ मा संचालित तालिम लिएका १४ जना सहभागि मध्ये ७ जनालाई प्रविधि हस्तान्तरण गरेको छथर जोरपाटी गाउँपालिका ४ का वडा सचिव शंकरप्रसाद ओझाले जानकारी दिनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि तथा छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र बहादुर सुब्बाले यूवाहरु लाई रोजगारीमा जोड्ने आर्थिक उपार्जन हुने किसिमका कार्यक्रम र तालिमलाई आगामी दिनमा समेत संचालन गर्ने प्रतिबद्धता जनाउनु भयो ।

त्यस्तै कार्यक्रमका अध्यक्ष तथा वडा न ४ का अध्यक्ष टेक बहादुर तामाङ्ग यूवाहरु लाई व्यावसायीक बनाउँन बजेट बृद्धि, तालिम लगायतका कार्यक्रममा वडाको तर्फ बाट सदैब पहल गरिने बताउनु भयो ।

कार्यक्रममा मेड्पा कार्यक्रमका फोकल पर्सन तथा छथर जोरपाटी गाउँपालिकाका प्रशासन प्रमुख नेत्र बहादुर श्रेष्ठ, उद्यमी व्यावसायी तथा विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधी लगायतको उपस्थिती रेहको थियो कार्यक्रमको संचालन छथर जोरपाटी गाउँपालिका वडा न ४ का सचिब शंकरप्रसाद ओझाले गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।