राष्ट्रपति बाजुम असन्तुष्ट सुरक्षाकर्मीको कब्जामा

नाइजरका राष्ट्रपति मोहम्मद बाजुमलाई असन्तुष्ट सुरक्षाकर्मीले कब्जामा लिएका छन् । सुरक्षा गार्डका सदस्यहरूले राष्ट्रपति निवास र कार्यालयमा प्रवेश नै बन्द गरी राष्ट्रपतिसमक्ष आफ्ना माग राखेका छन् । उनीहरुको असन्तुष्टि र माग खुलाइएको छैन ।

पश्चिम अफ्रिकी समूह (इकोवास) ले यो घटनालाई ‘कु’ को प्रयास भनेको छ । साथै इकोवासले घटनाको निन्दा गरी राष्ट्रपतिलाई तत्काल विना सर्त रिहा गर्न आग्रह गरेको छ । सन् २०२१ मा फ्रान्सको निकट सहयोगी मानिएका बाजुम चुनावमा विजयी हुनुभएको थियो ।

नाइजरको सेनाले नियन्त्रणमा रहेका राष्ट्रपतिसहित सबै सदस्यलाई तत्काल विना सर्त रिहा गर्न र स्थितिलाई सामान्य बनाउन आग्रह गरेको समाचार संस्था एएफपीले जनाएको छ । अहिलेसम्म कुनै असामान्य अवस्था उत्पन्न भएको छैन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।