नेपाली गीत ‘बादल वर्षा बिजुली’ भारतमा बन्दैछ भाइरल

काठमाडौं । गीत हिट हुन कुनै समय चाहिंदैन । वर्षौं पुराना गीत पनि अहिले आएर हिट भइरहेका छन् । सामाजिक सञ्जालले पुराना गीतलाई पनि नयाँ पुस्तामाझ चर्चित बनाइरहेको छ ।

मनसुनको समय चलिरहँदा एक नेपाली गीतले भारतमा समेत चर्चा बटुलेको छ । फेसबुक र इन्स्टाग्रामको रिल्स होस् या टिकटक सबैतिर नेपाली गीत ‘बादल वर्षा बिजुली’ भाइरल बनेको छ । यो गीतमा भारतीय युवतीहरुले समेत रिल्स बनाएर नाचिरहेका छन् ।

१८ वर्ष पहिलेको फिल्म ‘कर्तव्य’मा आनन्द कार्की र प्राश्ना शाक्यले गाएको उक्त हिट गीतमा दिलीप रायमाझी र सज्जा मैनालीले नाचेका थिए । यसैसाता यो गीतलाई पुनः रेकर्ड गर्दै सार्वजनिक गरिएको छ । मनसुनकै समयमा सार्वजनिक गरिएको गीतले वर्षाको मौसमलाई समेत सेलिब्रेसन गर्ने मौका दिएको छ ।

पहिलेको त्यो चर्चित गीत पछिल्लो समय टिकटकमा हिट छ । नेपाली मात्र होइन, भारतीय युवती टिकटक प्रयोगकर्ताले पनि ठूलो संख्यामा यो गीतमा रिल्स बनाइरहेका छन् । ओठमा झुण्डिने शब्द, लय र डान्सिङ ट्रयाक पनि भएकाले यो गीतलाई टिकटकले पुनर्जीवन दिएको हो ।

अर्कोतर्फ, नेपाल र भारत दुवै मुलुकमा सजिलै बुझ्न सकिने भाषामा भएकाले यो गीत रुचाइएको देखिन्छ । एकातिर साउनको महिना र अर्कोतिर मनसुनको समय । समय र सन्दर्भ पनि सोही परेकाले यो गीतलाई भारतमा पनि अत्यधिक रुचाएको देखिन्छ ।

यस्तो भिडियो बनाएर पोस्ट गर्नेमा अधिकांश भारतीय किशोरी छन् । भिडियोको कमेन्टमा मनसुन र साउन महिनामा यो गीत निकै सान्दर्भिक रहेको र आफूहरुलाई नाच्न प्रेरित गर्ने गरेको उल्लेख छ ।

गायक आनन्द कार्कीले गत सोमबार आयोजित ‘बादल वर्षा बिजुली’ गीतको नयाँ संस्करण सार्वजनिक गर्ने कार्यक्रममा १८ वर्षअघिको त्यो क्षण सम्झिए । त्यतिबेला पनि यो गीतले पाएको लोकप्रियताको चर्चा गर्दै कार्कीले साउन र मनसुनको समयलाई यसले जीवन दिने बताएका थिए । जुनसुकै कालखण्डमा पनि यो गीत सुनेर श्रोताले मनोरञ्जन लिन सक्ने उनले बताएका थिए । गायिका प्राश्ना शाक्यले पनि झण्डै दुई दशकअघि यो गीत चर्चित बनेको र स्टेजमा गाइने गरेको स्मरण गर्दै पुनः चर्चामा आउँदा सपनाजस्तो लाग्ने गरेको बताएकी थिइन् ।

टिकटक र फेसबुक तथा इन्स्टाग्राम रिल्समा हजारौंको संख्यामा यो गीतमाथि भिडियो बनाएको देखिन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖