हिमालय रोडिजसँग जोडिए सुशान्त खत्री

काठमाडौं । डान्सर सुशान्त खत्री हिमालय रोडिज सिजन-५ सँग जोडिएका छन् । रोडिजले आधिकारिक सामाजिक सञ्जालको ह्यान्डलबाट टिजर सार्वजनिक गर्दै यसबारे जानकारी दिएको छ ।

उनले प्रतिस्पर्धी भएर रोडिज ज्वाइन गरेका हुन् या होइनन् भन्नेबारे खुलाइएको छैन । यद्यपि यसबारे संकेत गरिएको छ । रोडिजले लेखेको छ, ‘उत्साहपूर्ण समाचार, सुपरस्टार डान्सर सुशान्त खत्री हिमालय रोडिजसँग जोडिएका छन् । के उनले प्रतिस्पर्धीको रुपमा भाग लिन लागेका हुन् । पक्कै पनि यसको उत्तरले तपाईंलाई चकित तुल्याउने छ ।’

सुशान्तलाई भिडियोमा प्रस्तुत गर्दै रोडिजले टिजर सार्वजनिक गरेको हो । जसमा सुशान्त र निर्देशक सिमोस सुनुवारलाई एकसाथ देख्न सकिन्छ । साथै, रोडिज स्क्रिप्टेड नरहेको भन्दै सहभागीको घाउचोटको दृश्यलाई पनि दर्शाइएको छ । हिमालय रोडिजको पाँचौं सिजनको प्रसारण साउन १५ गतेदेखि हुने जनाइएको छ । onlinekhabar

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।