धनकुटामा करदाता शिक्षा
धनकुटा । करदाता सेवा कार्यालय धनकुटाको आयोजना तथा उद्योग वाणिज्य संघ धनकुटाको समन्यवमा कर शिक्षा, आय विवरण भर्ने तथा कम्यूटरमा विवरण सहित तरिकाले कसरी राख्ने भन्ने सम्बन्धी प्रशिक्षण आयोजना गरिएको छ ।
करदाता शिक्षा ,अहिलेको अवस्था, कारोबार गर्ने व्यक्तिले ध्यान दिनुपर्ने कुरा, प्रतिबन्धित सामान बेच्न नपाइने लगायतका विषयमा छलफल गर्दै करदाता शिक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा व्यवसायीहरुलाई कर शिक्षा, आय विवरण भर्ने तथा कम्यूटरमा विवरण सहि तरिकाले राख्ने लगायत आधारभुत ज्ञान दिईएको उद्योग वाणिज्य संघ धनकुटाका बरिष्ठ उपाध्यक्ष तारा तितुङ्गले जानकारी दिइन् ।
व्यावसायीहरुले कर सम्बन्धी शिक्षा नपाउँदा र आय विवरण सहि तरिकाले राख्न जानकार नहुदाँ कर सम्बन्धी विभिन्न समस्याहरु आएको र त्यसको निराकरणका लागि यो कार्यक्रम आयोजना गरिएको उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष बिजय सन्तोषी राईले बताए । तालिममा धनकुटाका उद्योगी व्यावसायीहरुको उपस्थिती रहेको थियो ।


