पाँचथर दुर्घटनाः हिसेडोमाको निधनले सिम्बुक गाउँ शोकमय

ताप्लेजुङ । सवारी दुर्घटनामा परी घाइते भएकी ताप्लेजुङ पापुङकी हिसेडोमा शेर्पाको निधनले गाउँ शोकमग्न बनेको छ ।

झापाको बीएन्डसी अस्पतालमा उपचारका क्रममा २६ वर्षीया शेर्पाको बिहीबार बिहान मृत्यु भएपछि मिक्वाखोला गाउँपालिका ५ पापुङको सिम्बुक गाउँ शोकमग्न बनेको हो ।

गएको मङ्गलबार मेची राजमार्गको इलाम-पाँचथर सडकखण्ड अन्तर्गत फिदिम नगरपालिका २ साम्दिनमा मे १ ज १९४१ नम्बरको जिप दुर्घटनाग्रस्त भएको थियो । सो दुर्घटनामा परी गम्भीर घाइते भएकी शेर्पालाई सोही दिन उपचारका लागि बीएन्डसी लगिएको थियो ।

अस्पतालको सघन उपचार कक्षमा उपचारका क्रममा शेर्पाको मृत्यु भएपछि गाउँ शोकमा डुबेको पापुङका स्थानीय सागर शेर्पाले बताए । हाल काठमाडौंमा होटल व्यवसाय सञ्चालन गर्दै आएकी शेर्पा आफ्नो गाउँ पापुङ फर्कने क्रममा जिप दुर्घटनामा परेकी थिइन् ।

उनको उपचारको क्रममा मृत्यु भएको थियो । शेर्पाको शव कानुनी प्रक्रिया पूरा गरेर आफ्नै गाउँ पापुङको सिम्बुक ल्याएर अन्त्येष्टि गरिने पापुङका वडाध्यक्ष ग्यान्जे शेर्पाले बताए । यसअघि सो दुर्घटनामा परी ताप्लेजुङकै मैवाखोला गाउँपालिका १ ढुङ्गेसाँघुका ४२ वर्षीय जितेन्द्रमणिविक्रम वनेमको सोही दिन निधन भएको थियो ।

यस्तै, फिदिम १० याङनामकी सविना विकको पनि यसअघि निधन भएको थियो । चालकसहित १४ जना यात्रु सवार उक्त जिप झापाको बिर्तामोडदेखि ताप्लेजुङतर्फ आउने क्रममा ब्रेक फेल भई दुर्घटनामा परेको प्रहरीको अनुमान छ । गोरखापत्र अनलाइनबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।