स्वस्तिमाले निश्चललाइ यसो किन भनिन् ?

काठमाडौ । नायिका स्वस्तिमा खड्काले आफ्ना श्रीमान् निर्देशक निश्चल बस्नेतलाई ‘काले केटा’को ब्रान्ड एम्ब्यासडर बताएकी छिन् । बिहिबार आयोजना भएको फिल्म ‘ऐंचोपैंचो पैंचो’को ‘काले केटाले’ बोलको गीत सार्वजनिक कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

यो गीतमा निश्चल बस्नेतलाई नृत्य गराउने विषयमा कुराकानी भएको थियो हो भन्ने प्रश्नमा स्वस्तिमाले उनलाई राख्ने विषयमा टिम भित्र छलफल मात्र भएको बताइन् । उनले भनिन्–‘उहाँलाई राख्ने कि भन्ने विषयमा कुराकानी भएको हो । उहाँ बाहेक अन्य कलाकारको विषयमा पनि कुराकानी नभएको होइन । तर, उहाँ आएर वर्कशप नै गरेको भन्ने होइन ।’

स्वस्तिमाले यसो भन्दै गर्दा निर्देशक कृषा चौलागाईंले निश्चलले अभिनय नगरे पनि उनकै लागि यो गीत समर्पित गरेको बताइन् । निश्चललाई राख्ने कि भन्ने विषयमा कुराकानी भएको तर उनलाई प्रस्ताव नै राखेर कुरा अगाडि भने नबढेको उनको भनाई छ ।

निर्देशक निश्चल बस्नेतले फिल्म ‘पर्व’मा समावेश ‘काले केटा’ बोलको गीतमा नृत्य गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖