सुरेश अधिकारीले मागे माफी

काठमाडौं । संगीत रोयल्टी संकलन समाजका अध्यक्ष तथा संगीतकार सुरेश अधिकारीले माफी मागेका छन् । एफएम रेडियोसँग सम्बद्ध विभिन्न संस्थालाई लक्षित गरेर आफूले व्यक्त गरेको अभिव्यक्तिप्रति उनले माफी मागेका हुन् ।

“यदि, आवेशमा व्यक्तिगत रूपमा प्रस्तुत मेरो शैली र म बाट व्यक्त भएका शब्दहरूले कोही कसैलाई चित्त दुखेको छ वा आफ्नो व्यक्तित्वलाई धमिल्याएको छ भन्ने लाग्छ भने म “सम्बन्धित सबैमा विनम्रतापूर्वक क्षमायाचना गर्दछु,” उनी सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, “संगीत रोयल्टीप्रति उदार रहनुभएका केही मैले सम्मान गर्ने व्यक्तित्वहरु समेत त्यस आलोचनामा मुछिएको अनुभूति गर्नुभएको कुराले म आफैँलाई पनि दुखी तुल्याएको छ।”

एफएम रेडियोहरूले संगीत रोयल्टी नतिरे कानुनी उपचार खोज्ने चेतावनी
अधिकारीले नेपालका स्वतन्त्र रेडियो सम्बद्ध छाता संगठन, रेडियो ब्रोडकास्टर्स फोरम नेपाल, ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल र सामुदायिक रेडियो प्रसारक संघले संगीत रोयल्टी नबुझाउन एफएम रेडियोहरूलाई उक्साएको भन्दै त्यस्ता रेडियो नवीकरण रोक्नेसम्मको चेतावनी दिएका थिए ।

त्यसपछि रेडियोसँग सम्बद्ध संस्थाहरूले संयुक्त विज्ञप्ति जारी गर्दै सुरेश अधिकारीसँग जोडिएका गीत एफएम रेडियोमा प्रशारण नगर्ने बताएका थिए । त्यसलगत्तै गीतसंगीतसँग सम्बद्ध विभिन्न सातवटा संघसंस्थाले त्यसको प्रतिवाद गर्दै संयुक्त विज्ञप्ति जारी गरेका थिए ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖