यी हुन् चुस्कीबाटै दिनको सुरुआत गर्ने ८ भारतीय कलाकार
एजेन्सी । बिहानको चिया धेरैलाई मन पर्छ । तर हामीलाई लाग्छ आफ्नो स्वास्थ्य तथा फिगर मेनटेन गर्नका लागि कलाकारहरुले चिया पिउँदैनन् । तर यहाँ त्यस्ता बलिउड कलाकारका बारेमा बताइएको छ, जसको दिन चियाको चुस्कीबाटै सुरू हुने गर्छ ।
– पहिलो बलिउड कलाकार हुन् दीपिका पादुकोण जसले ग्रीन टी पिएर नै आफ्नो दिनको शुरुआत गर्दछिन् ।
– त्यस्तै करीना कपूरलाई पनि चिया पिउन एकदमै मन पर्छ । उनले पनि हरेक बिहान अवश्य चिया पिउँछिन् ।
– कार्तिक आर्यन चियाका दिवाना नै हुन्, उनले कैयौंपटक आफूलाई चिया मनपर्नेबारे बताइएसकेका छन् ।
– त्यस्तै कैटरीना कैफ पनि चिया लभर हुन् । उनले विशेषगरी कागती चिया पिउन मन पराउँछिन् ।
– बलिउडकी पपुलर गर्ल माधुरी दीक्षित त झनै चियाकी एकदमै शौखिन नै हुन् ।
– अभिनेत्री सारा अली खानले पनि प्रायः बेला बेलामा इन्स्टाग्राम मार्फत् तस्वीर सेयर गर्दै आफ्नो चियाप्रतिको मोह देखाइरहेकी हुन्छिन् । यसले पनि लाग्छ उनलाई चिया एकदमै मन पर्छ ।
– त्यस्तै अर्की अभिनेत्री तारा सुतारियाको दिनको सरुआत पनि चियाको चुस्कीबिना हुँदैन ।
– ट्वींकल खन्नालाई पनि चिया पिउन एकदमै मन पर्छ ।


