बाध्यताले थालेको टमाटर खेतीले बनायो १५ दिनमै करोडपति

एजेन्सी । भारत तेलंगानाका एक किसानले बाध्यतावश अपनाएको पेसाले आफ्नो ‘भाग्य’ बदलिदिने कुरा कल्पनासमेत गरेका थिएनन् । हो, ४० वर्षे महिपाल रेड्डी टमाटर खेतीबाट करोडपति बनेका छन् । भारतीय मिडियाका अनुसार, गत महिना उनले ८ हजार क्रेट टमाटर बेचेर १ करोड ८० लाख भारु कमाएका छन् । सिजनको अन्त्यसम्म रेड्डीको आम्दानी अढाइ करोड रुपैयाँ पुग्ने निश्चित छ ।

१० कक्षा फेल भएपछि पढाइ छोडेका उनी बाध्यतावश खेतीपातीमा जोडिए । कृषिमा संलग्न भएपछि उनलाई थाहा भयो, खासमा सोचेजति सजिलो छैन यो पेसा । खेती त पढाइभन्दा बढी कठिन काम थियो । तर, उनीसँग अर्को विकल्प थिएन । त्यसैले जसोतसो खेतीपातीमै खट्दै गए । खेतीमा जति लगानी हुन्थ्यो, त्यति आम्दानी हुँदैनथ्यो । तर, यो वर्ष उनलाई ‘लोटरी’ लाग्यो ।

अचानक ठूला शहरमा टमाटरको मूल्यले आकाश छोयो । आफ्नो भान्सा महँगिँदा धेरै मान्छे चिन्तित छन् । तर, मूल्यवृद्धिले किसान महिपालको भने भाग्य चम्काइदियो । एकै महिनामा १५ जूनदेखि गत सातासम्म उनले टमाटर बेचेर १ करोड ८० लाख रुपैयाँ कमाए ।

महिपालका अनुसार, उनले ८ एकड जमिनमा टमाटर खेती गरेका छन् । १५ अप्रिलदेखि यो वर्ष खेती सुरु गरी उनले फलाएको टमाटर हैदरावादसहित अन्य शहरमा १०० रुपैयाँ प्रतिकिलोसम्ममा बिकेको छ । सिजन सकिने बेलासम्म आफ्नो आम्दानी कम्तीमा २ करोडभन्दा माथि पुग्ने महिपालको विश्वास छ । उनी भन्छन्, ‘अहिले पनि खेतमा करिब ४० प्रतिशत टमाटर टिप्न बाँकी नै छ ।’

महिपालसँग करिब १०० एकड जमिन छ तर उनले ४० एकडमा मात्रै खेती गर्न सकिरहेका छन् । किसानले प्रतिएकडमा टमाटरको खेती गर्दा २ लाख रुपैयाँको लगाउँछ भने यसले साधारण मौसममा पनि राम्रै कमाइ गर्छ । उनका अनुसार, यसै वर्ष उनले करिब ७ हजार क्रेट टमाटर बेचिसकेका छन् । क्रेटमा २५ किलो टमाटर थियो । अब उनले ड्रोनबाट खेतीमा स्प्रे गर्ने योजना बनाएका छन् ।

महिपालको लगानी करिब १६ लाख रुपैयाँ थियो ।

भारतका अन्य केही शहरमा त टमाटरको मूल्य प्रतिकिलो ३ सय ५० रुपैयाँसम्म पुगेको छ । भारतीय मिडियाका अनुसार चण्डगढको खुद्रा बजारमा टमाटरको भाउ ३ सय ५० रुपैयाँ प्रतिकिलोसम्म पुगेको थियो । अहिले पनि दाम २०० रुपैयाँभन्दा माथि नै छ । गाजियाबादमा टमाटरको भाउ २०० रुपैयाँ प्रतिकिलो पुगेको छ ।

तीन वर्षयता बर्खायाममा टमाटरको मूल्य बढिरहेको देखिन्छ । गत वर्ष अर्थात् २०२२ को जून महिनामा टमाटरको मूल्य ६०–७० रुपैयाँ प्रतिकिलोसम्म पुगेको थियो । यसअघि सन् २०२१ मा १०० र २०२० मा ७०–८० रुपैयाँ प्रतिकिलो पुगेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।