सुदर्शन थापाले ‘रावायण’ निर्देशन गर्ने, शीर्ष भूमिकामा अनमोल केसी

काठमाडौं । केही दिनअघि अनलाइनखबरसँग कुरा गर्दै अभिनेता अनमोल केसीले आफूले सुदर्शन थापाले निर्देशन गर्न लागेको नयाँ फिल्ममा काम गर्न लागेको बताएका थिए । अहिले आएर यो फिल्मबारे महत्वपूर्ण विकास भएको छ ।

निर्देशक थापाले शुक्रबार चलचित्र विकास बोर्डमा ‘रावायण’ शीर्षकमा फिल्म दर्ता गरेका छन् । बोर्डका एक फिल्म अधिकृतले निर्देशक थापाले टाइटल दर्ता गरेको जानकारी दिए ।

स्रोतका अनुसार शिवम अधिकारीको लेखन रहेको फिल्ममा अनमोलको डबल रोल हुने जनाइएको छ । फिल्ममा आफ्नो शीर्ष भूमिका हुने जानकारी अनमोलले अनलाइनखबरलाई बताइसकेका छन् । यस्तोमा, यो फिल्मको छायांकन भदौदेखि हुने जनाइएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।