विवादमा अक्षयको ‘ओएमजी–२’

मुम्बई । १० दिनमा दोस्रो पटक महाकाल मन्दिरका पुजारीहरुले अक्षय कुमार अभिनित फिल्म ‘ओएमजी–२’लाई लिएर आपत्ति जनाएका छन् । महाकाल मन्दिरमा खिचिएका सबै दृश्य यस फिल्मबाट तत्काल हटाउनु पर्ने पुजारीहरुको भनाइ छ ।

जुलाई ११ मा ओ माई गॉड-२ को टिजर रिलिज भएको थियो । सेन्सर बोर्डले फिल्मको रिलिज मिति रोकेर समीक्षा समितिमा पठाएको छ । गत जुलाई १८ मा सेन्सर बोर्डको यो कारबाहीभन्दा अघि नै पुजारीहरुले पहिलेभन्दा आपत्तिजनक शट र संवाद हटाउनु राम्रो हुने बताएका थिए ।

महाकाल मन्दिरका पुजारी, महाकाल सेना तथा अखिल भारतीय पुजारी संघका अध्यक्ष महेश पुजारीले भने, ‘यदि फिल्मले सेन्सर बोर्डबाट ए सर्टिफिकेट पायो भने त्यो पोर्नोग्राफिक फिल्म हो । त्यसैले फिल्मबाट महाकाल मन्दिरको शट हटाउनुपर्छ । हामी सेन्सर बोर्ड र प्रधानमन्त्री नरेन्द्र मोदीसँग माग गर्दछौँ ।’

उनले भने, ‘सेन्सर बोर्डले ए सर्टिफिकेट दिएको फिल्मका संवाद र दृश्य नाबालिगले हेर्न पाउँदैनन् । यस्तो फिल्ममा महाकाल मन्दिरको दृश्यको के उपयोग ? महाकाल मन्दिरको शट नहटाए एफआइआर दर्ता हुनेछ ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।