मोरङको बेलबारीमा सवारी दुर्घटना, १ जनाको मृत्यु
मोरङ, श्रावण १३ ।मोरङको बेलबारी नगरपालिका-३ स्थितमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
हिजो साझँ पौने सात बजे पूर्व पश्चिम राजमार्गमा पश्चिम बाट पूर्व तर्फ जादै गरेको को १ ख ६७१० नम्बरको ट्रक र बिपरित दिशाबाट आउदै गरेको ११ सु. ह. ११४३ नम्बरको सिटी सफारी एक आपसमा ठक्कर खाई दुर्घट्ना हुदा सिटी सफारी चालक मोरङ सुन्दरहरैचा नगरपालिका-११ गोबिन्दपुरका ५० बर्षिय धर्मराज थापा गम्भिर घाईते भएका थिए ।
उनलाई उपचारको लागि कोशी अस्पताल बिराटनगर पुर्याउनासाथ डाक्टरले मृत्यु घोषित गरेका थिए भने ट्रक र ट्रक चालक मोरङ उर्लाबारी नगरपालिका-४ बस्ने ४६ वर्षिय सोम बहादुर घलानलाई ईलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको उक्त कार्यालयले जनाएको छ ।


