वनमन्त्रीलाई कसले दियो बाघको सिकार खेलाएर डलर कमाउने सुझाव ?

काठमाडौँ । यतिबेला हामी विश्व बाघ दिवस मनाउने तयारी गर्दैछौं । नेपालमा वर्षेनी बाघको संख्या बढ्दो छ ।

सरकारले पनि बाघको संख्या बढाउन सक्दो प्रयास गरिरहेको छ । बाघ संरक्षमा नेपालमा विदेशी संस्थाहरुले पनि सहयोग पु¥याउँदै आएका छन् ।

वन मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतका कार्यालयले बाघको संरक्षण गर्छन् । तर, विश्व बाघ दिवसको पूर्वसन्ध्यामा बाघ संरक्षण गर्ने जिम्मा पाएको मन्त्रालयका मन्त्री नै आफ्नो विवादास्पद अभिव्यक्तिका कारण चर्चामा छन् ।

केही समयअघि वनमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले दिएको एउटा अन्तरवार्ता अहिले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका लागि ‘हट न्युज’ को विषय बनेको छ । खासमा केही समयअघि मन्त्री महतोले एउटा पोडकाष्ट अन्तरवार्तामा नेपालमा बाघको संख्या बढ्दै गएकाले त्यसलाई आयआर्जनको माध्यम बनाउनु पर्ने आशय व्यक्त गरेका थिए ।

मन्त्री महतोले देशभित्र बाघको संख्या बढेकाले निश्चित समय, क्षेत्र र संख्या तोकेर विदेशीहरुलाई बाघको शिकार गर्न दिनुपर्ने र त्यसबाट देशले गतिलो आर्थिक आर्जन गर्नुपर्ने बताएका थिए । उनले केही अमेरिकी र जापानीसँगको भेटका क्रममा आफूले यस्तो सुझाव पाएको पनि बताएका थिए ।

केही विदेशीले आफूलाई बाघको शिकार गरेबापत एउटा बाघबाट मात्रै दुई करोड ५० लाख (२५ मिलियन) रुपैयाँ देशले आर्जन गर्नसक्ने सुझाव दिएको अन्तरवार्तामा बताएका छन् । उनले व्यक्त गरेका यीनै भनाइलाई अहिले बोलेका अभिव्यक्तिलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले ‘हट न्युज’ को रुपमा प्रस्तुत गरेका हुन् ।

मन्त्री महतोले अन्तर्वार्तामा भनेका छन्, ‘एउटा बाघ मारेबापत २५ मिलियन आउँछ भने त्यो पैसाबाट एक सयवटा बाघको संरक्षण गर्न सकिन्छ । त्यसो भए किन नगर्ने ?’ उनले यस विषयमा आफूले मन्त्रालयको सचिवसँग सल्लाह गरेको जानकारी पनि दिएका छन् ।

‘यस्तो सुझाव पाएपछि मैले सचिवलाई बोलाएर पनि सोधेँ, तर उहाँले हाम्रो कानुन देखाएर बाघ मार्न मिल्दैन भन्नुभयो,’ अन्तरवार्ताका क्रममा उनले भनेका छन् । बाघलाई खान र संरक्षण दिन नसकेर मर्न दिनुभन्दा त बरु पैसा भएका मानिसलाई शिकार खेल्न दिएर पैसा कमाउनु नै राम्रो भएको मन्त्री महतोले अन्तरवार्तामा बताएका छन् ।

उनले पुरानो राजाको पालामा बनेको ऐन÷नियमका कारण यस विषयमा धेरै काम गर्न नसकिएको पनि उल्लेख गरेका छन् । मन्त्री महतोले अन्तरवार्ताका क्रममा पछिल्लो समय बाघको संख्यामा निकै वृद्धि भएको र यही अनुपातमा बाघ बढ्दै जाँदा त्यसको संरक्षणमा समेत चुनौती थपिने धारणा पनि व्यक्त गरेका छन् ।

रातोपाटीले यस विषयमा बुझ्न खोज्दा उनले अन्तर्राष्ट्रिय अभ्यास हेरेर नेपालमा पनि केही गर्न सकिन्छ कि भनेरमात्र आफूले बोलेको बताए । ‘जसरी ढोरपाटन शिकारको लागि खुला गरिएको छ, त्यसैगरि बाघको पनि अन्तर्राष्ट्रिय टेन्डरमार्फत शिकार गर्न दिएर त्यसबाट संकलन भएको पैसाले उनीहरुकै संरक्षणमा सहयोग मिल्छ कि भनेरमात्र बोलेको हुँ । तर, हामीले विभिन्न अन्तर्राष्ट्रिय सन्धिमा हस्ताक्षर गरेका कारण तत्काल त्यो सम्भव छैन । गर्नु पनि भएन,’ टेलिफोन वार्तामा मन्त्री महतोले भने ।-रातोपाटी

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।