युक्रेनद्वारा मस्कोमा ड्रोन आक्रमण, विमानस्थल बन्द

मस्को । रुसको राजधानी मस्कोमा ठूलो ड्रोन हमला भएको छ । एकैपटक धेरै ड्रोन आक्रमण भएपछि मस्कोमा हलचल मच्चिएको थियो । रुसी सेनाले जवाफी कारबाही गर्‍यो र धेरै ड्रोनहरू खसालेको छ । ड्रोन आक्रमणपछि मस्कोमा हवाई यातायात बन्द गरिएको छ । आक्रमणबाट दुईवटा भवनमा क्षति पुगेको समाचार छ ।

आक्रमणको जानकारी दिँदै रुसी राजधानीका मेयरले आइतबार बिहान मस्कोमा युक्रेनी ड्रोनले राति हमला गरेको र त्यसमा दुईवटा कार्यालय भवनमा क्षति पुगेको बताए । समाचार एजेन्सी एएफपीका अनुसार सो हमलावाट कोही घाइते नभएको उनले बताए ।

मस्कोका मेयर सर्गेई सोब्यानिनले टेलिग्राममा पोस्ट गरे, ‘युक्रेनी ड्रोनले आज राती आक्रमण गर्‍यो। सहरका दुईवटा कार्यालय टावरहरूको अनुहारमा सामान्य क्षति पुगेको छ। त्यहाँ कुनै पनि पीडित वा घाइते छैनन्।’

दुई दिनअघि पनि युक्रेनी ड्रोनले मस्कोमा आक्रमण गर्ने प्रयास गरेको थियो, जसलाई रुसी सेनाले असफल बनाएको थियो । रुसी रक्षा मन्त्रालयले शुक्रबार राति युक्रेनको ड्रोन आक्रमण असफल भएको बताएको छ ।

मन्त्रालयले टेलिग्राममा पोष्ट गरेको सन्देशमा भनेको छ, ‘रुसी वायु रक्षाले मानवरहित गाडीलाई ध्वस्त पारेको थियो। त्यहाँ कुनै हताहत वा क्षति भएको छैन।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।