दोहोरो भूमिकामा देखिँदै अनमोल

काठमाडौँ । निर्देशक सुदर्शन थापा अहिले नयाँ फिल्म ‘रावायण’ को तयारीमा छन् । फिल्मको मुख्य भूमिकामा अभिनेता अनमोल केसी देखिने भएका छन् । फिल्मका लागि अनमोल र निर्देशक थापाबीच सम्झौता भैसकेको छ ।

सुदर्शनले आफ्नै होम प्रोडक्शनबाट यो फिल्म निर्माण गर्न लागेका हुन् । फिल्मको नाम चलचित्र विकास बोर्डमा दर्ता समेत भएको छ । फिल्ममा अनमोलको दोहोरो भूमिका रहने बताइन्छ । फिल्मको अन्य कलाकार छनौटको क्रममा छन् ।

फिल्मको काम भदौबाट सुरु हुनेछ । फिल्मको कथा शिवम् अधिकारीले लेखिरहेका छन् । अनमोल यसै फिल्ममार्फत पहिलोपटक दोहोरो भूमिकामा देखिन लागेका हुन् । ‘रावायण’को अलवा अनमोल फिल्म ‘फर्कि फर्कि’मा समेत छिट्टै देखिनेछन् ।

अनमोल पछिल्लो समय फिल्म ‘छड्के २’ मा देखिएका थिए । निगम श्रेष्ठको लेखन तथा निर्देशन रहेको फिल्मले दर्शक रिझाउन सकेन ।

काभ्रे फिल्मस्को ब्यानरमा निर्माण भएको ‘छड्के २’ मा मेधा प्रोडक्सन र निर्वाणा फिल्म स्कुलको निर्माण सहकार्य

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।