सारुकको निधनपछि बिरामी परेका कलाकार सानु ताम्राकार अस्पताल भर्ना

काठमाडौँ । कलाकार सानु ताम्राकार अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शनिवार अस्पताल भर्ना गरिएको हो ।

उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले जानकारी दिए । ‘सानु दाइ बोल्न, चल्न केही गर्न सक्नुहुन्न’ निरौलाले भने, ‘चिकित्सकले उहाँको उपचार गरिरहेका छन् । भेटघाट पनि बन्द गरिएको छ ।’

ताम्राकार स्वर्गीय अभिनेता सारुकका पिता हुन् । सारुकको निधनपछि उनको स्वास्थ्य अवस्था बिग्रँदै गएको थियो । शनिवार स्वास्थ्यमा झन् जटिलता देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।

अभिनेता सारुकले गत महिनामा आफ्नै घरमा आत्महत्या गरेका थिए । सारुकको मृत्युको कारण अहिलेसम्म खुल्न सकेको छैन । पछिल्लो समय सारुक फिल्म ‘ह्यासट्याक माया’ को सुटिङमा व्यस्त थिए ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।