यस्तो छ सारुक ताम्राकारले मोबाइलको नोट प्याडमा लेखेको सुसाइड नोट

काठमाडौं,१४ साउन । गत असार २१ गते काठमाडौंको रातोपुलस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका कलाकार सारुक ताम्राकारले लेखेको सुसाइड नोट फेला परेको छ ।

सारुकको मोबाइललाई प्रहरी प्रधान कार्यालय, नक्सालको डिजिटल फरेन्सिक ल्याबमा जाँचका लागि पठाइएको मोबाइलको ‘नोट्स’मा उनले मृत्यु हुनुअघि लेखेको विवरण फेला परेको हो ।

फरेन्सिक परीक्षणमा पठाउँदा आएको रिपोर्टमा सारुकले आत्महत्या गर्नुअघि मोबाइलको नोट प्याडमा कसैलाई पनि दुख नदिन र गाली नर्गन आग्रह गर्दै लेखेको सुसाइड नोट फेला परेको प्रहरी निकट उच्च स्रोतले जनाएको छ ।

सारुकले आमालाई सम्बोधन गर्दै अर्को जुनीमा पनि तपाईँकै कोखबाट जन्म लिन पाउँ भन्दै लेखेका छन् ‘ पुलिसहरू डन्ट फकिङ मी कन्ट्रोभर्सी । इट्स अल माई फल्ट । कसैलाई ब्लेम नगर्नु । यो सबै यहीँ इन्ड हुनु थियो । सो सकियो । मेक मि रेस्ट इन पीस, धन्यवाद’ ।

सारुक नेपाली सिने क्षेत्रका वरिष्ठ कलाकार सानु ताम्राकारका एकल सन्तान हुन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।