थप तथ्य खुल्यो सारुकको मोबाइल परीक्षण गर्दा

काठमाडौँ । अभिनेता सारुक ताम्राकारको मोबाइलमा ‘सुसाइड नोट’ भेटिएको छ । ताम्राकारको मोबाइल परीक्षण गर्दा नोट फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दान बहादुर कार्कीले बताए ।

३१ वर्षीय अभिनेता सारुक रातोपुल स्थित घरमा असार २८ मा मृत भेटिएका थिए । प्रहरीले ताम्राकारको मोबाइल परीक्षणका लागि प्रहरी प्रधान कार्यालय स्थित डिजिटल फरेन्सिक ल्याबमा पठाएको थियो ।

‘फरेन्सिक ल्याबबाट रिपोर्ट आएको छ’ एसएसपी कार्कीले भने, ‘ल्याबको रिपोर्टको आधारमा थप अनुसन्धान गर्दैछौँ।’

राति ११ बजे खानेपानीको पाइपमा झु’न्डिएको अवस्थामा उनी भेटिएका थिए । विवाहमा गएर फर्केका परिवारका सदस्यहरूले ढोका खोल्न आग्रह गर्दा ढोका नखुलेपछि करिब ३ घण्टापछि स्थानीयको सहयोगमा परिवारका सदस्यहरू भित्र पसे । घरभित्र सारुक मृत देखेपछि परिवारले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी घटनास्थलमा पुग्दा उनको मोबाइलमा गीत बजिरहेको थियो । घटनास्थलमा पुगेका एक जना प्रहरी अधिकृत भन्छन्, ‘युट्युवमा गीत बजिरहेको थियो ।’

धेरैको आशंका छ–‘सारुकलाई मृत्युको बाटो रोज्न बाध्य बनाइएको त थिएन ?’ तर, प्रहरीले मोबाइल बाहेक घटनास्थलमा ‘दुरुत्साहन’का लागि प्रमाण लाग्ने ‘सु’साइड नोट’ लगायतका दशी फेला थिएन ।

डिजिटल फरेन्सिक ल्याबमा प्राविधिक जनशक्ति थोरै भएको हुनाले फरेन्सिक जाँच रिपोर्ट ढिला आएको प्रहरीको भनाइ छ । मोबाइलको रिपोर्टको आधारमा फोन सम्पर्क र म्यासेज विश्लेषण गरेर उनीविरुद्ध दुरुत्साहन भएको थियो कि थिएन भन्नेबारे ‘विश्लेषण’ गरिने अनुसन्धानमा संलग्न एक जना अधिकृतले बताए ।

सारुकले चलचित्र ‘ह्यासट्याग माया’ मा अभिनय गरिरहेका थिए ।-रातोपाटी

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖