र्‍यापर कार्डी बीले जब दर्शकलाई माइकले प्रहार गरिन् ..

काठमाडौं । अमेरिकन र्‍यापर कार्डी बीलाई कसले जान्दैन होला ? पछिल्लो समय इन्टरनेटमा उनको तहल्का कायमै छ । र्‍याप संगीतलाई पछ्याउने नेपाली प्रशंसकमाझ पनि कार्डी चर्चित छन् ।

उनको गीत र कन्सर्ट सधैं चर्चामा हुने गर्छन् । उनको कन्सर्टमा ठूलो भीड आउँछ । अमेरिकामा मात्रै होइन, विश्वभर उनलाई फ्यानको कमी छैन । तर यही बीचमा उनका एक फ्यानले यस्तो काम गरे कि उनी पनि रिसाइन् । लाइभ कन्सर्टमा एक प्रशंसकले कार्डी बीमाथि दुर्व्यवहार गरे । त्यसपछि आक्रोशमा आएकी गायिकाले त्यही माइकले फ्यानलाई प्रहार गरिन् ।

यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । खासमा यो मामिला के हो ?शनिबार उनको कन्सर्टमा यो हंगामा मच्चिएको हो । सुन्तला रङको पहिरनमा गायिकाले धमाकेदार प्रस्तुति दिइरहेकी थिइन् । उनले आफ्नो हिट गीत ‘बोडाक एल्लो’ गाइरहेकी थिइन् । त्यसपछि दर्शकको भीडबाट एक व्यक्तिले उनीमाथि ड्रिंक्सको बोतल प्रहार गर्‍यो । लगत्तै कार्डी पनि रिसाइन् र माइकले प्रहार गरिदिइन् ।

कलाकारसँग यस्तो हर्कत भएको यो पहिलो घटना होइन । पटकपटक यस्तो दुर्व्यवहार भएको छ । सोही महिना गायक तथा गीतकार ह्यारी स्टाइल्ससँग पनि यस्तै घटना भएको थियो । कन्सर्टको बीचमा कसैले फूलको गुच्छा हानेर उनीमाथि दुर्व्यवहार भएको थियो । उनको अनुहारमा चोट लागेको थियो । यसअघि बेबे रेक्सा, ड्रेक, केल्सी ब्यालेरिनी, स्टिभ लेसी, किड कुडी र पिंकसँग यस्तो भइसकेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।