‘नक्कली प्रचण्ड’ कलाकार घनश्याम गौतम अस्पताल भर्ना

काठमाडौं । ‘नक्कली प्रचण्ड’ बनेर दर्शकलाई हँसाउँदै आएका अभिनेता घनश्याम गौतम यतिबेला क्यान्सरसँग संघर्ष गरिरहेका छन् । लामो समयदेखि पेटको समस्याले ग्रसित उनी उपचारका लागि भक्तपुर क्यान्सर अस्पतालमा शुक्रबार भर्ना भएका छन् ।

दुई महिनादेखि उनको स्वास्थ्यमा समस्या देखिएको थियो । सुरुमा पेटको समस्या भएको अनुमान गरेर आयुर्वेदिक उपचार गर्दै आएको उनले बताए । तर पछिल्लो समयमा खाना नरुच्ने र पटकपटक दिसा लाग्ने समस्या भएपछि काठमाडौं मेडिकल कलेजमा परीक्षण गराउँदा उनलाई क्यान्सर पुष्टि भएको थियो ।

चिकित्सकका अनुसार उनमा ड्युडेनम भनिने पेटको आन्द्राको क्यान्सर भएको हो । उनको अहिले अस्पतालकै आईसीयू उपचार कक्षमा राखेर उपचार भइरहेको छ । रोगलाई जित्न आफूलाई शुभेच्छाको खाँचो रहेको उनले बताएका छन् । बिरामी परेपछि उनको गाईजात्राको तयारी रोकिएको छ ।

अभिनेता गौतम अस्पताल भर्ना भएको खबर बाहिरिएपछि कलाकाहरुर उनलाई भेट्न अस्पताल पुगिरहेका छन् । चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले गौतमको उपचारमा सघाउन संस्था तयार रहेको बताए ।

नक्कली प्रचण्डको भूमिकामा गौतमले लामो समयदेखि टेलिभिजन र स्टेजमा अभिनय गर्दै आइरहेका छन् । २०७२ सालको भूकम्पमा घाइते भएको बेला वर्तमान प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गौतम निवास भक्तपुरको कटुन्जेमा पुगेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।