‘रक्सी नभएको भए म अझै ठुलो सुपरस्टार हुन्थेँ’:रजनीकान्त

हालै चेन्नईमा रजनीकान्तको फिल्म ‘जेलर’ को अडियो लञ्च इभेन्टको आयोजना भयो । यति बेला अभिनेताले आफ्नो निजी जीवनबारे पनि कुराकानी गरेका छन् । मादक पदार्थको लत बारे कुरा गर्दै उनले यसलाई आफ्नो जीवनको सबैभन्दा ठुलो गल्ती बताएका छन् ।

उनले आफ्ना प्रशंसकलाई रक्सीको दुरुपयोग नगरी जिम्मेवार तरिकाले रमाइलो गर्न पनि सुझाएका छन् ।

भने, ‘करियरमा पनि धेरै राम्रो गर्थेँ होला’

उनले भने, ‘मेरो जीवनमा रक्सी नभएको भए मैले समाजलाई राम्रो तरिकाले सेवा गर्थेँ । रक्सीको लत मेरो जीवनको सबैभन्दा ठुलो गल्ती हो । ’

‘रक्सी नभएको भए मैले आफ्नो करियरमा पनि धेरै राम्रो प्रदर्शन गर्थेँ होला र अहिलेको भन्दा पनि ठुलो स्टार हुन्थेँ होला,’ उनले थपे ।

फिल्म ‘काला’मा उठाएका थिए मुद्दा

रजनीकान्तले सन् २०१८ मा रिलिज भएको आफ्नो फिल्म ‘काला’ मा रक्सीको लतबारे कुरा गरेका थिए । फिल्ममा उनको पात्रले रक्सीको मातमा गरिएको गल्तीका कारण श्रीमती गुमाउँछन् । उनले रक्सीको नकारात्मक पक्षबारे कुरा गरेको यो पहिलो पटक हो । नत्र त उनले रक्सी र चुरोटलाई स्टाइल स्टेटमेन्टको रूपमा पेस गर्दथे ।

हटाउन चाहन्छन् सुपरस्टारको स्टाइल

यसबाहेक उनले आफूले पाएको ‘सुपरस्टार’ टाइटलबारे पनि कुराकानी गरे । उनले भने, ‘मेरो नामबाट यो टाइटल हटाउन चाहन्छु । ’ उनले निर्मातालाई यो टाइटल हटाउन आग्रह गर्दा उनले यसो गर्न नमानेको जानकारी दिए ।

निर्देशक नेल्सनमाथि विश्वास

यसबाहेक कार्यक्रममा रजनीले ‘जेलर’ का निर्देशक नेल्सनको पछिल्लो फिल्म ‘बिस्ट’ बारे पनि कुराकानी गरे । उनले बिजर स्टारर बिस्टका लागि क्रिटिक्स र दर्शकले नेल्सनको आलोचना गरेको बताए ।

त्यसपछि नेल्सनलाई ‘जेलर’ बाट हटाइन्छ कि भन्ने चर्चा थियो तर उनले नेल्सनलाई नै विश्वास गरे । अर्कोतर्फ आलोचनापश्चात् पनि ‘बीस्ट’ हिट रह्यो र वितरकलाई घाटा भएन ।

१० अगस्टमा रिलिज हुनेछ जेलर

फिल्म ‘जेलर’लाई नेल्सन दिलीप कुमारले निर्देशन गरेका हुन् । फिल्ममा रजनीकान्त मुख्य भूमिकामा छन् । उनीबाहेक यसमा ज्याकी श्रोफ, तमन्ना भाटिया, मोहन लाल, राम्या कृष्णन र योगी बाबुसमेत थुप्रै कलाकार छन् । फिल्म १० अगस्टमा रिलिज हुँदैछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।