युक्रेनी राष्ट्रपतिको गृहनगरमा रुसी आक्रमण, चार जनाको मृत्यु

किभ । युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीको गृहनगरमा रुसी आक्रमण हुदाँ चार जनाको मृत्यु भएको छ भने झन्डै पाँच दर्जन मानिस घाइते भएका छन् । युक्रेनका आन्तरिक मन्त्री इहोर क्लिमेन्कोले रुसी क्षेप्यास्त्रहरूले क्रिभिई रिह श्माको एउटा अपार्टमेन्ट कम्प्लेक्स र विश्वविद्यालयको भवनमा प्रहार गरेको बताए।

उनका अनुसार आक्रमणमा चार जनाको मृत्यु हुनुका साथै धेरै घाइते भएका थिए । राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको गृहनगर पनि हो।

उनका अनुसार दुई क्षेप्यास्त्रमध्ये एउटाले चौथो र नवौं तलाको बीचमा रहेको अपार्टमेन्टको केही भाग ध्वस्त पारेको छ । भिडियोमा भवनबाट कालो धुवाँ निस्किरहेको देखिन्छ । साथै कारहरूमा जलेका छन छन् भने रूखले भरिएको सडकमा क्षतिग्रस्त भएको छ ।

मृत्यु हुनेमा एक १० वर्षीया बालिका पनि रहेको अधिकारीहरूले बताएका छन् । डिनिप्रोका गभर्नर सेर्ही लिसाकले बिहानको आक्रमणमा ५३ जना घाइते भएको बताए । आक्रमणमा विश्वविद्यालयको चार तले भवनको एक भाग पनि ध्वस्त भएको छ ।

यसैबीच, रुसको कब्जामा रहेको डोनेट्स्क प्रान्तका नेता डेनिस पुशिलिनले डोनेस्कमा युक्रेनी तोपको गोलाबारीमा दुई जनाको मृत्यु भएको र छ जना घाइते भएको बताए । युक्रेनी सेनाले सोमबार डोनेट्स्क सहरमा एउटा बसलाई ठक्कर दिएर गोली चलाएको थियो। डोनेट्स्कमा रुसद्वारा स्थापित नेता पुशिलिन हुन्। कुनै पनि पक्षले स्वतन्त्र रूपमा यसको प्रमाणित भने गरेको छैन।

युक्रेनी सेनाले पश्चिमी सहयोगीहरूको सहयोगमा हतियार तैनाथ गरेर र रुसी सेनालाई कब्जा गरेको क्षेत्रबाट बाहिर धकेल्ने प्रयास गरिरहेका छन्। गत हप्ता रुसले युक्रेनका तीन ड्रोन खसालेपछि द्वन्द्व बढेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖