यसरी ३५ वर्षअघि बिछोडिएका आमा–छोरालाई बाढीले भेट गराइदियो

काठमाडौं । पञ्जाबको गुरदासपुरमा ३५ वर्षपछि छोराले आमालाई भेटेका छन् । जगजीत सिंहको कथा सुन्नेले आफ्नो आँसु रोक्न सकेनन् । ३५ वर्षसम्म जगजीत सिंहले यो सोचिरहे कि उनका बाबुआमा अब यस संसारमा छैनन्। उनलाई बाल्यकालदेखि हजुरबुबाले मात्र हुर्काएका थिए ।

तर ३५ वर्षपछि जब जगजीतले आफ्नी आमा हरजीत कौर जिउँदै छिन् भन्ने थाहा पाए, सुरुमा उनी छक्क परे । उनले आमालाई भेटेर अँगालो हाले। आमा हरजीत पनि छोरालाई अँगालो हालेर धेरै रोइन् ।

गुरदासपुरको कादियानको धर्मपुरा इलाकाका जगजीत सिंह बाढी पीडितहरूको सेवा गर्न “खालसा एड” संस्थाको तर्फबाट पटियाला गएका थिए। यसै क्रममा उनलाई फुपुको फोन आयो । उनको मावली पटियालाको बोहदपुर गाउँमा भएको काकीले बताइन् । यसपछि जगजीत तुरुन्तै बोहदपुर पुगे र खोज्दै खोज्दै मावली घर पुगे ।

त्यहाँ उनले हजुरआमा प्रीतम कौरलाई भेटे। उनले आफ्नी छोरी हरजीत कौरको विवाह कर्नालमा भएको बताइन् । तर दुर्घटनामा श्रीमानको मृत्यु भएको थियो । उनको सोनु नामको छोरा पनि थियो । जब उनले हजुरआमालाई आफू सोनू हुँ भभने, तब वातावरण पूर्ण रूपमा भावुक भयो।

त्यस दिन जगजीतले आमालाई भेटेनन् । उनी आफ्नी श्रीमती र छोराछोरीसँगै आमालाई भेट्न चाहन्थे। भोलिपल्ट उनी परिवार र साथीहरूसँग हजुरआमाको घर पुगे र आमालाई भेटे। उनलाई देखेर आमा भावुक भइन् र अँगालो हालिन् ।

आमाको तीन पटक शल्यक्रिया भएको हजुरआमाले बताइन् । जगजीत भन्छन्, ‘बाल्यकालदेखि नै मेरो आमाबुवाको दुर्घटनामा मृत्यु भएको बताइयो । त्यसपछि मलाई करिब दुई वर्षको उमेरदेखि हजुरबुवाले हुर्काउनुभयो । हजुरबुवा हरियाणा पुलिसमा काम गर्नुहुन्थ्यो। त्यहाँबाट सन्यास लिएर हाँ कादियान आएर बस्नुभयो ।

हरजित कौरले बिहे गरेको दुई वर्षमै श्रीमानको मृत्यु भएको बताइन् । त्यतिबेला छोरा (जगजित) जम्मा आठ महिनाको थिए । त्यसको एक वर्षसम्म मैले छोरालाई दूध खुवाएँ । तर पछि म छोराबाट अलग भएँ । मेरो दोस्रो बिहे समानामा भएको थियो, दोस्रो बिहेबाट तीन छोरी जन्मिइसकेका छन् । दोस्रो श्रीमानको १५ वर्षअघि मृत्यु भइसकेको छ ।

जगजीतले सोमबार आफ्नी आमा हरजीत कौरलाई गुरदासपुरस्थित आफ्नो घरमा ल्याएपछि पटाका पड्काएर स्वागत गरिएको थियो। परिवारका सदस्यले उनको निकै ख्याल राखे । आमा र छोरा एकअर्कासँग खुसी छन्, जगजीतकी श्रीमती र छोराछोरी पनि उनलाई पाएपछि धेरै खुसी छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।