दुईवटा विश्वयुद्ध देखेका संसारका सबैभन्दा वृद्ध व्यक्तिको निधन

एजेन्सी । विश्वको सबैभन्दा वृद्ध व्यक्ति भनिने ब्राजिलका सुपरसेन्टेनेरियन जोसे पाउलिनो गोम्सको हालै निधन भएको छ । उनको उमेर १२७ वर्ष थियो। गोम्सको १२७ औं जन्मदिन भन्दा सात दिन अघि मृत्यु भयो।

ब्राजिलका स्थानीय मिडियाका अनुसार जोसे पाउलिनो गोम्सको कोरेगो डेल क्याफेमा उनको घरमा मृत्यु भयो। रिपोर्टका अनुसार गोम्स चार वर्षअघिसम्म घोडा चढ्ने गर्थे । उनका सात छोराछोरी, २५ नातिनातिना, ४६ पनाति पनातिना छन् ।

जोसको शरीरका धेरै अंगले काम गर्न छाडेका कारण उनको मृत्यु भएको परिवारले बताएको छ । २९ जुलाईमा उनलाई पेड्रा बोनिटाको कोरेगो दोस फिलहोस कब्रिस्तानमा गाडियो, जहाँ उनको सम्झना सधैंभरि रहनेछ।

गोम्सले जनावरहरूलाई पाल्ने काम गर्थे। उहाँले एक नम्र र सरल व्यक्तिको आफ्नो छवि सिर्जना गरेका थिए । उनले पुर्ण प्राकृतिक जीवनशैली बिताए। उनी औद्योगिक उत्पादनबाट टाढै रहे र ग्रामीण क्षेत्रका वस्तुलाई प्राथमिकता दिने गरेको थिए । उनको आहारमा स्थानीय रूपमा उब्जाइएको खानेकुरा समावेश थियो र उनी कहिलेकाहीं पिउने गर्थे।

पेड्रा बोनिटाको रजिस्ट्री कार्यालयबाट गोम्सको विवाहको प्रमाणपत्र प्राप्त भएको छ। सन् १९१७ को विवाह प्रमाणपत्रका अनुसार गोम्सको जन्म ४ अगस्ट १८९५ मा भएको थियो। यदि उनको उमेरको बारेमा उनको दाबी साँच्चै सही छ भने उनले दुवै विश्व युद्ध र तीन विश्वव्यापी महामारीको घटनाहरूका पनि आफु बाँच्न सफल भएका थिए ।

जोसकी नातिनी एलियान फरेरा भन्छिन् कि ग्रामीण इलाकाहरूमा मानिसहरूको जन्म प्रायः उमेर पुग्दा दर्ता गरिन्छ। जसका कारण कतिपय गलत कागजातका घटनाहरु बाहिर आउने गरेका छन् । उनले स्थानीय मिडियालाई भनिन कि जोस निश्चित रूपमा १०० वर्ष भन्दा बढी वा कम्तिमा ११० वर्षको थिए । जोसको नातिनीले भने कि अब मृत्यु प्रमाणपत्रमा जोसको उमेर कसरी लेखिनेछ भनेर थाहा पाउनु पर्छ।

यद्यपि यो स्पष्ट छैन कि जोसको उमेरलाई गिनिज वर्ल्ड रेकर्ड्सले ध्यानमा राख्नेछ। हालको गिनिज वल्र्ड रेकर्ड अनुसार स्पेनकी मारिया ब्रान्यास मोरेरा हुन्, जो ११५ वर्षकी भइन् र यसअघि सबैभन्दा वृद्ध व्यक्तिको उपाधि फ्रान्सेली महिला जीएन क्याल्मेन्टको हातमा थियो, जसको १२२ वर्षको उमेरमा १९९७ मा मृत्यु भएको थियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।