धनकुटा महोत्सवको खर्च सार्वजनिक
धनकुटा,१८ साउन । गतबर्ष माघमा संचालन धनकुटामा संचालन भएको प्रादेशिक औद्योगिक ब्यापार मेला तथा कृषि प्रद्धशनी एभोकाडो एवं धनकुटा महोत्सवको खर्च सार्वजनिक गरिएको छ ।
महोत्सवको आयोजक समेत रहेको धनकुटा उद्योग वाणिज्य संघ धनकुटाले धनकुटामा बिहिबार पत्रकार सम्मेलन गर्दै महोत्सवको आय व्यय सार्वजनिक गरेको हो ।
महोत्सवका लागि विभिन्न संघ सस्था , प्रायोजक, सहप्रायोजक तथा अन्य सहयोगी सस्थाबाट ५६ लाख २८ हजार ४ सय रुपैया प्राप्त भएको धनकुटा उद्योग वाणिज्य संघ धनकुटाका कोषाध्यक्ष रुपेश श्रेष्ठले पत्रकार संमेलनमा जानकारी दिए ।
त्यस्तै महोत्सव सञ्चालनमा ५६ लाख ४ हजार २५ रुपैया खर्च भएको र महोत्सवबाट २४ हजार ३ सय ७५ रुपैया नाफा भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।स्थानीय उत्पादन तथा लोक सस्कृतीलाई प्रोत्साहन दिने र पर्यटन प्रबद्र्धन गरि धनकुटाको विकास समृद्धिको लागि सहयोग गर्ने लक्ष्य राखि महोत्सव आयोजना गरिएको उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजयसन्तोषी राईले बताए ।
१० दिन सम्म सञ्चालन भएको महोत्सवमा १ लाख ५० हजार व्यक्तीले अवलोकन गरेको उद्योग वाणिज्य संघ धनकुटाका बरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक मनकुमारी तितुङ्ग ताराले जानकारी दिनुभयो ।
महोत्सवमा स्थानीय कलाकार , स्थानीय जातजातीका झाकी तथा स्थानीय उत्पादन तथा परिकारको प्रबद्धन भएको सचिव श्रीराम रायमाझीले जानकारी दिनुभयो ।


