सुन तस्करीमा प्रधानमन्त्रीकी बुहारीको पनि नाम जोडिएको छ : एमाले नेता

काठमाडौं, १९ साउन । नेकपा एमालेका नेता एवं विदेश विभाग प्रमुख डा. राजन भट्टराईले सुन तस्करीको छानबिन गर्छु भन्नेहरुकै भूमिका शंकास्पद भएकाले उच्चस्तरीय छानबिन समिति आवश्यक रहेको औंल्याएका छन् ।

‘शृंखलाबद्ध सुन तस्करीमा सरकारकै मान्छेको नाम जोडिएको छ । प्रधानमन्त्रीकी बुहारी, पूर्व उपराष्ट्रपतिकी बुहारीको पनि सुन तस्करीमा जोडिएको छ । सीआईबीले नामै किटान गरेका माओवादी पार्टीका उपाध्यक्ष, प्रवक्ता एवं पूर्वसभामुख कृष्णबहादुर महरा र उनको छोराबाहेकलाई मुद्दा चलाउन निर्देशन दिने गृहमन्त्रीले तस्करीको छानबिन गर्छन् भनेर विश्वास गर्ने आधार छ ? जसले छानबिन गर्छौं भनेका छन्, उनीहरुकै बारेमा छानबिन गर्नुपर्ने भएपछि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्छ भन्ने माग यथावत् छ । यसबाट हामी पछि हटेका छैनौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग भट्टराईले भने । माओवादी पार्टीभित्रै पनि भ्रष्टाचार, बेथिति मौलाएको भनेर पार्टीमा कुरा उठेको पनि उनले औंल्याए ।

राजस्व अनुसन्धान विभागले छानबिन गर्छ भन्ने आफूहरुलाई विश्वास नभएको पनि डा. भट्टराईले बताए । उनले भने, ‘प्रधानमन्त्रीको दाहिने र देब्रेतिर बस्ने मान्छेको नाम सुन तस्करीमा जोडिएको छ । अहिले राजस्व अनुसन्धान विभाग कसको नेतृत्वमा छ ? अस्तिसम्म प्रधानमन्त्रीको निजी सचिवालयमा बसेका नवराज ढुंगाना भन्ने व्यक्ति नेतृत्वमा बसेका छन् अनि हावा कुरा दिएर हुन्छ ? घटना के हो भनेर हेर्नु पर्दैन ? अहिलेसम्म कारबाहीमा को परिरहेको छ भन्दा भरिया मात्र परिरहेका छन् ।’ प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीले प्रमाण लुकाउने काम गरिरहेको पनि उनले बताए ।

तस्करी, अनियमितता र बेथितिबाट देशलाई मुक्त गर्न उच्चस्तरीय छानबिन समितिको विकल्प नभएको डा. भट्टराईको धारणा छ । उनले देशभित्र छानबिन नहुने स्थितिमा अन्तर्राष्ट्रिय छानबिनका लागि संयुक्त राष्ट्रसंघलाई गुहार्नुपर्ने अवस्था आउने पनि बताए । तस्करी र माफियागिरीको जालोका कारण नेपाल असफल राष्ट्रमा जाने हो कि भन्ने चिन्ता अन्तर्राष्ट्रिय समदुायमा देखिएको पनि उनले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।