पहिरोमा घाईते तीन जनालाई हेलिकप्टर मार्फत राजधानी ल्याउने तयारी

काठमाडौं, साउन १९ । दोलाखाको गौरीशंकर गाउँपालिका ७ मार्बुमा बिहिबार साँझ गएको पहिरोमा परी ४ जना बेपत्ता भएका छन् । पहिरोमा परी गम्भीर घाईते भएका ३ लाई हेलिकप्टर मार्फत राजधानी लैजाने प्रयास भईरहेको छ।

दोलखाको उत्तरी गौरीशंकर गाउँपालिका ७ मार्बु गाउँको टोपाटार बस्तीमा बिहिबार साँझ करिब ५ बजे छिमेकी वडा खारे तर्फको भिरबाट खसेको पहिरोले बस्ती पुरेको थियो। मार्बुका वडाअध्यक्ष सोनाम शेर्पाका अनुसार पहिरोबाट पहिरोले बस्तीका ५ घर पुरेको छ। पहिरोमा परेर स्थानीय ५४/५५ बर्षका कृष्णबहादुर मगर, सोही उमेर हाराहारीका उनकी श्रीमती देव मगर, ५३/५४ बर्षका हरिलाल श्रेष्ठ र ३ बर्षको बालक प्रिन्स थामी बेपत्ता छन् । सुरक्षाकर्मी र गाउँले मिलेर उनिहरुको खोजी भईरहेको छ ।

पहिरोमा परेर स्थानीय यज्ञ तामी, उनकी श्रीमती धनकुमारी थामी र बुहारी सरिता थामी गम्भीर घाईते छन् । उनिहरुलाई हेलिकप्टर मार्फत राजधानी पठाउने प्रयास भईरहेको छ । हराईरहेका बालक प्रिन्स सरिताको छोरा हुन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।