छथर जोरपाटी गाउँपालिका ४ मा सामाजिक सुरक्षा परिचय पत्र नविकरण शिविर
धनकुटा,१९ साउन । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले संचालन गरिरहेको सामाजिक सुरक्षा परिचय पत्र नविकरण शिविरमा वडा न ४ मा १ सय ८७ जनाले परिचय पत्र नविकरण गराएका छन् ।
कार्यपालिकाको निर्णण अनुसार छथर जोरपाटी गाउँपालिका अन्र्तगतको राष्ट्रिय परिचय पत्र वितरण तथा पञ्जीकरण सेवा ईकाइको आयोजनमा पालिककाका सबै वडाका विभिन्न स्थानमा सामाजिक सुरक्षा परिचय पत्र नविकरण शिविर संचालन गर्ने कार्यक्रम अन्र्तगत ४ नम्बर वडाका १ सय ८७ जनाले परिचय पत्र नविकरण गराएको वडा सचिव शंकरप्रसाद ओझाले जानकारी दिनु भयो ।
शिविरमा छुटेको भदौ मसान्त सम्ममा अनिर्वाय रुपमा परिचय पत्र नविकरण गरि सक्न समेत उहाँले आग्रह गर्नु भयो ।




