४२ वर्ष जेठा पुरुषसँग बिहे गरेकी युवती भन्छिन्– सुगर गर्ल भन्छन्, मलाई मतलव छैन्

एजेन्ली । फिलिपिन्सकी २८ वर्षीया युवतीले आफूभन्दा ४२ वर्ष जेठा अमेरिकी पुरुषसँग बिहे गरिन् । इन्टरनेटबाट चिनजान, प्रेम हुँदै बिहेसम्मको सिलसिलाबारे उनले एक युट्युब च्यानलमार्फत शेयर गरेकी छन् । उनी अहिले फिलिपिन्सबाट अमेरिका सरिसकेकी छन् ।

यो सम्बन्धको कारण युवती ट्रोलको सिकार पनि भएकी छन् । उनले पैसाको लालचमा ७० वर्षे ज्येष्ठसँग बिहे गरेको आरोप मानिसहरूले लगाएका छन् । तर जोडीको भनाइमा उनीहरू प्रेम साँचो हो र यसबाट उनीहरू निकै खुसी छन् ।

खासमा यो कथा २८ वर्षीया ज्याकी र ७० वर्षीय डेभिडको हो । सन् २०१६ मा डेभिड फिलिपिन्समा भएका बेला यी दुईबीच डेटिङ साइटमार्फत चिनजान भएको थियो । त्यहीँबाट उनीहरूबीच मित्रता भयो । अनि भेटघाटको सिलसिला सुरु भयो । यो मित्रता कहिले प्रेममा परिणत भयो, उनीहरूले भेउ पाएनन् ।

ज्याकीलाई भेट्न डेभिड अमेरिकादेखि फिलिपिन्स पुग्थे । दुई जनाले त्यहाँ केही दिन गुजारे । उनीहरू थप नजिकिइरहेका थिए । हरेक दुई महिनामा ज्याकीलाई भेट्न डेभिड आउन थाले । अन्ततः सन् २०१८ मा उनीहरूले बिहे गरे । ज्याकी पनि क्यालिफोर्नियाको ओकल्याण्डमा सिफ्ट भइन् ।

ज्याकीले कोभिड लकडाउनका क्रममा आफ्नो टिकटक अकाउन्ट बनाइन् । त्यसमा आफ्नो जिन्दगीसँग जोडिएका चीज शेयर गर्न थालिन् । उनको एकाउन्टलाई ५० हजारभन्दा बढीले फलो गरेका छन् । तर, प्रयोगकर्ताहरू उनको पोस्टमा विभिन्न खालका कमेन्ट गर्छन । धेरैजसो कमेन्ट नकारात्मक नै हुने गरेको उनीहरू बताउँछन् ।

कतिपयले ज्याकीलाई ’गोल्ड डिगर’, ’ग्रीन कार्ड डिगर’ ‘सुगर गर्ल’ जस्तो शब्दले होच्याउने गरेका छन् । ’मलाई त नातिनीसँग के गरेको हजुरबुबा ?’ भनेर प्रश्न सोध्छन्’, डेभिड सुनाउँछन् ।
यद्यपि, जोडीले यस्ता नकारात्मक कमेन्टलाई वास्ता गर्दैनन् । डेभिड भन्छन्, ‘दुवै जनाले एक अर्कालाई प्रेम गर्छन्, उनीहरू एक साथ जीवन बिताउन चाहन्छन् भने उमेर त एक संख्या मात्र हो । यसमा मान्छेले आलोचना गर्न आवश्यक छैन । हामी दुवै खुसी छौँ ।’

ज्याकी पनि डेभिडका बारेमा भन्छिन्, ‘उहाँ धेरै सिम्पल हुनुहुन्छ । स्वभाव पनि राम्रो छ । उहाँले मेरो सम्मान गर्नुहुन्छ । योभन्दा ज्यादा मलाई प्रेम गर्नुहुन्छ । उहाँसँग बिहे गरेर मलाई कुनै पछुतो छैन ।’

डेभिडले आफू रिटायर भइसकेको बताए । ज्याकीचाहिँ काम गरिरहेकी छन् । उनीहरूको बिहेमा ज्याकीका माइती पक्ष आएनन् । ज्याकी अहिले डेभिडको घरपरिवारको ख्याल राख्छिन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।