सडक माथिबाट खसेको ढुंगा लाग्दा अस्ताए बैतडीका रेशम
बैतडी । बैतडीमा सडकमाथिबाट खसेको ढुंगा लागेर एक बालकको मृत्यु भएको छ भने एक बालक घाइते भएका छन् । सिगास गाउँपालिका–४ रक्सौनका दिपक बहादुर बिकका ९ बर्षीय छोरा रेशम विकको शुक्रबार दिउसो सडकमाथिबाट खसेको ढुंगा लागेर मृत्यु भएको हो ।
देउलेक–कान्धार सडक अन्तर्गत गुरलधार भन्ने स्थानबाट खसेको ढुंगा लागेर विकको मृत्यु भएको स्थानीय बलदेव बिकले जानकारी दिए । यस्तै ढुंगा लागेर सिगास गाउँपालिका ३ गजेडाका ७ बर्षीय अनिल चुनारा घाइते भएका छन् । उनको धनगढीमा उपचार भइरहेको छ ।
मामाघर गएका चुनारा पनि बालबालिकाहरुसंगै खेलिरहेका थिए । घाइते चुनाराको धनगढीमा उपचार भइरहेको छ ।


