आदित्यसँगको सम्बन्धबारे के भन्छन् अनन्याका पिता चंकी ?

मुम्बई । अभिनेता आदित्य रोय कपुर र अनन्या पाण्डे बीचको सम्बन्धको खबर यतिबेला चर्चामा छ । युरोप भ्रमणपछि दुवैको सम्बन्धको हल्लाले झनै हावा पाएको छ । यस्तो अवस्थामा अनन्या पाण्डेका बुबा चंकी पाण्डेले हालै रिलेसनसिपका बारेमा खुलेर कुरा गरेका छन् । उनले सम्बन्धबारे अफवाह एक अभिनेताको जीवनको एक महत्वपूर्ण हिस्सा भएको स्पष्टीकरण दिएका हुन् ।

बलिउड बबललाई दिएको अन्तर्वार्तामा चंकी पाण्डेले अनन्याको सम्बन्धको बारेमा आफ्नो धारणा राखेका थिए । कुराकानीको क्रममा चंकीलाई अनन्या र आदित्यको सम्बन्धको बारेमा सोधिएको थियो । अनन्या कुन अभिनेतासँग राम्रो देखिन्छन् ? के उनले अनन्याको प्रेमीलाई अस्वीकार गरेका छन् ? वा उनीसँग डेट गर्ने कुनै पनि पुरुष अभिनेताको लागि उनको शर्त के छ ? भनेर प्रश्न राखिएको थियो ।

चंकीले जवाफमा भनेको, ‘सम्बन्ध बारे अफवाह कुनै पनि अभिनेताको जीवनको सामान्य हिस्सा हो। यो त हुनु नै थियो । हामी ग्ल्यामर पेशामा छौं। यो सबै हुन्छ नै । तपाईले चाहेर पनि रोक्न सक्नुहुन्न। यो पेशामा यो कुरा सामान्य हो । के अनन्या आदित्य रोय कपुरसँग राम्रो देखिन्छिन् भनेर सोध्दा चंकीले विषय परिवर्तन गर्दै अन्य कलाकारको नाम लिए । उनले सुरुमा टाइगर श्राफदेखि लिएर पति पत्नी और वोमा कार्तिक आर्यनसम्म अनन्यासँग काम गरेका सबै कलाकारले उनलाई पर्दामा मन पराएको बताए । अनन्याका लागि यो यात्रा अद्भुत भएको चंकी स्वीकार्छन् । उनले काम गर्ने अवसर पाएकोमा अनन्या भाग्यमानी भएको बताए ।

कुराकानीको क्रममा चंकीलाई अनन्या वा उनकी कान्छी छोरी रइसा पाण्डेको कुनै प्रेमीलाई अस्वीकार गर्नुभएको छ ? भनेर सोधिएको थियो । जवाफमा चंकीले भने–मलाई यसको आवश्यकता नै पर्दैन । उनीहरु आफैंले अस्वीकार गर्छन्। मैले उसलाई भनेको छु कि जो होस्, ऊ म भन्दा राम्रो हुनुपर्छ।’

गत महिना आदित्य र अनन्या स्पेन र पोर्चुगलको भ्रमणमा गएका थिए । सामाजिक सञ्जालमा धेरै तस्विर र भिडियोहरु सार्वजनिक भएका छन्, जसमा दुबै सँगै रमाइलो गरिरहेको देखिएका छन् । यो तस्विरले फेरि एक पटक आदित्य र अनन्याको सम्बन्धको हल्लालाई हावा दिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖