रोमान्चक जितसँगै दीपेन्द्रको टाइगर्स फाइनलमा

एजेन्सी – नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टरिएल टाइगर्सले ग्लोबल टि२० क्यानडाको दोस्रो क्वालिफायर खेलमा भ्यानकुभेर नाइट्समाथि एक विकेटको रोमान्चक जित हात पार्दै फाइनलमा स्थान बनाएको छ ।

जितको लागि १ सय ३८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको मोन्टरिएल टाइगर्सले १९.३ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । टाइगर्सलाई अन्तिम ओभरमा जितको लागि १५ रन चाहिँदा शेर्फान रदरफोर्डले रायन पठानलाई लगातार तीन छक्का हान्दै खेल जिताएका थिए ।

रदरफोर्ड ३४ बलमा २ चौका र ३ छक्कासहित ४८ रनमा अविजित रहे । दीपेन्द्रसिंह ऐरी २८ बलमा २ चौकासहित २५ रनमा आउट भए ।

एक समय ४.५ ओभरमा २९–४ को दयनीय अवस्थामा पुगेको टाइगर्सलाई दीपेन्द्रले रदरफोर्डसँग ४३ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । आयन खानले १४ बलमा १ चौका र १ छक्कासहित १८, आन्द्रे रसेल १७ र मोहम्मद वासिम १३ रनमा आउट भए ।

नाइट्सका जुनैद सिद्दिकले ४ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए । फबिएन एलेन र कब्रिन बोसले समान दुई विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नाइट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३७रन बनाएको थियो । उसका लागि ओपनर मोहम्मद रिजवान ३३ बलमा २ चौका र १ छक्कासहित ३९ रनमा आउट भए ।

कब्रिन बोसले २८ बलमा १ चौका र ३ छक्कासहित ३६ रन बनाए । हर्ष ठाकेर २ बलमा ३ चौका र १ छक्कासहित २६ रनमा नट आउट भए । एक समय १२.३ ओभरमा ९०-१ को अवस्थामा रहेको अवस्थाबाट नाइट्सले लगातार चार विकेट गुमाएपछि ठूलो योगफलको सम्भावना गुमाएको थियो ।

टाइगर्सका अब्बास अफिदीले ४ ओभरमा ह्याट्रिकसहित २९ रन खर्चेर ५ विकेट लिए । टाइगर्सले उपाधिको लागि आज राती ९ : ४५ मा नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने सम्मिलित सर्रे जागुअर्ससँग खेल्नेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।