बिपाशा बसुकी छोरी देवीको मुटुमा थिए दुई वटा प्वाल, ६ घण्टाको शल्यक्रिया सम्झिँदै भइन् भावुक

बलिउड अभिनेत्री बिपाशा बसुले अघिल्लो वर्ष छोरी जन्माइन् । करण सिंह ग्रोवर र बिपाशा बसुको जीवनमा छोरीको आगमनले बहार ल्यायो । तर छोरी जन्मिएको तीन दिनपछि बिपाशाले आफ्नी छोरीको मुटुमा दुई वटा प्वाल भएको थाहा पाइन् ।

यो कुरा बिपाशाले नेहा धुपियासँगको कुराकानीमा खुलासा गरेकी छिन् । बिपाशाले नेहासँग अनलाइनमा कुरा गर्दा छोरी जन्म, मुटुमा दुई वटा प्वाल र ओपन हर्ट शल्यक्रियाबारे कुराकानी गरेकी छिन् । यति बेला उनी भावुकसमेत भइन् ।

उनले भनिन्, ‘छोरी जन्मिएको तीन दिनपछि छोरीको मुटुमा प्वाल छ भन्ने मैले थाहा पाएँ । यो यात्रा मेरा लागि निकै मुस्किल रह्यो । भलै आज मेरो अनुहारमा मुस्कान छ । तर त्यो मेरा लागि निकै कठिन समय थियो । मैले कहिल्यै यसबारे कुरा गर्दिनँ भन्ने सोचेको थिएँ तर मेरो यो यात्रामा मलाई धेरै आमाले सहयोग गर्नुभयो । ती आमालाई भेट्टाउन निकै गाह्रो छ । म ती सबै आमालाई धन्यवाद भन्न चाहन्छु ।’

उनले थपिन्, ‘भेन्ट्रिकुलर सेप्टल के हो भन्ने मलाई थाहा थिएन । हामीले यसबारे आफ्नो परिवारसँग पनि कुरा गरेकी थिइनँ । म र करण स्तब्ध भएका थियौँ । हामीलाई हरेक महिना स्क्यानका लागि आउनुपर्छ भनिएको थियो । सुरुवाती पाँच महिना निकै मुस्किल रह्यो किनभने उनको मुटुमा एउटा ठुलो प्वाल थियो । त्यसका लागि तीन महिना भित्र नै शल्यक्रिया गराउनु पर्ने थियो । म यसको लागि तयार थिएँ तर करण असाध्यै डराएका थिए । देवी ६ घण्टाका लागि अपरेसन थिएटरमा हुँदा मेरो जीवन रोकिएको जस्तो भएको थियो । मलाई पूर्ण विश्वास थियो कि शल्यक्रिया सफल हुनेछ । उनी आज पूर्ण रूपमा ठिक छिन् ।’

करण सिंह ग्रोवर र बिपाशा बसुले सन् २०१६ मा विवाह गरेका थिए । सन् २०२२ नोभेम्बर २२ मा यी दुईले देवी बसु सिंह ग्रोवरलाई जन्म दिएका हुन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।