आयूष्मान देशराजले अश्लील हाउभाउ देखाएको विदेशी युवतीको आरोप, बेलायतकी अभिनेत्रीले गरिन् समर्थन

काठमाडौं । अभिनेता आयूष्मान देशराज जोशीमाथि एक युवतीले ‘ह्यारेसमेन्ट’ को आरोप लगाएकी छन् । आयूष्मानले आफूलाई अश्लील हाउभाउसहितको भिडिओ पठाएर आजित पारेको उनको दाबी छ ।
इन्स्टाग्राममा १ लाख ४३ हजारले पछ्याएको ritasaengkawra आईडीबाट आयूष्मानको एउटा छोटो भिडिओ क्लीपसहित धाराप्रवाह स्टोरी हाल्दै आरोप लगाइएको हो । भिडिओ क्लीपमा आयुष्मानले मोबाइलमा हेर्दै जिब्रो निकालेर अश्लील संकेत गरेको देखिन्छ ।

फलोअर्सको संख्या हेर्दा यो आइडी फेकजस्तो लाग्दैन । रितालाई नेपालकी अभिनेत्री अदिती बुढाथोकीले पनि फलो गरेकी छन् । उनी एक विदेशी युवती भएको बुझिन्छ । उनले आफ्नो इन्स्टामा ‘हट’ फोटो र भिडिओ बग्रेल्ति हालेकी छन् । आफूलाई ‘सुसी मास्टर’ का रुपमा चिनाएकी छन् । ‘सुसी’ एक कोरियन फुड हो, जुन बनाउनेलाई ‘सुसी मास्टर’ भन्ने गरिन्छ । जागीर नपाएको बेलामा आफू वेटरका रुपमा पनि काम गर्ने गरेको उनले बताएकी छन् ।

‘म एउटा मिहिनेती केटी हुँ । कहिलेकाहीँ जागिर नपाउँदा वेट्रेसका रुपमा पनि काम गर्छु । कृपया मलाई जथाभावी भन्न बन्द गरिदिनुस् । कहिलेकाहीँ मसित आफ्नो घर जानका लागि फ्लाइटको पैसा पनि हुँदैन । म हरेक दिन संघर्ष गरिरहेकी छु । तर, यी पुरूषहरू सोच्छन् कि उनीहरू जे पनि भनिदिएर उन्मुक्ति पाउन सक्छन्,’ उनले इन्स्टामा लेखेकी छन् ।

रिताको दाबीअनुसार उनले यस्तो भिडिओ नपठाउनु भन्दा पनि आयुष्मानले पठाइरहन्थे । यो भिडिओ सार्वजनिक गरिदिएपछि आफूलाई ज्यान मार्ने धम्की आइरहेको पनि उनको भनाइ छ ।

उनले लेखेकी छन, ‘मलाई इन्स्टाग्राममा मानिसहरूबाट ज्यान मार्ने धम्कीहरू आइरहेका छन् । के तपाईँहरूलाई लाग्छ कि मैले उनीहरुको पर्दाफास गर्दा यस्तो परिणाम भोग्नुपर्छ भन्ने ? म अनलाइन र अफलाइनमा हुने यौन उत्पीडनमा परेका सबै महिलाहरूलाई सशक्त बनाउन चाहन्छु ।’

रीता थप्छिन्, ‘जो पुरुषले मलाई म केवल फ्यान गर्ल हुँ वा एस्कर्ट (यौन व्यवसायी) हुँ भनिरहेका छन, उनीहरूलाई म त्यस्तो हैन भन्न चाहन्छु । तर, यदि म फ्यान गर्ल नै भए पनि, मलाई यौन दुर्व्यवहार गर्ने अधिकार कुनै पनि पुरुषलाई छैन ।’

अर्को स्टोरीमा उनले लेखेकी छन्, ‘म सेन्ट ट्रोपेज (फ्रान्स) बाट इबिजा जाँदैछु । यदि मलाई केही भयो भने त्यो दुर्घटना वा आत्महत्या हुनेछैन । र, म मलाई फोहोरी भिडिओ पठाउने मानिसहरूसँग राम्रो रूपमा नै प्रस्तुत हुनेछु ।

रीतालाई अभिनेत्री तथा मोडेल गेब्रिएला राइटले समर्थन जनाएकी छन् । गेब्रिएलाको अकाउन्टमा ब्लु टिक छ । रिताको स्टोरी शेयर गर्दै उनले ‘रीता र नेपालका महिलाहरूको साथमा’ लेखेकी छन् ।

गेब्रिएला राइट बेलायतकी अभिनेत्री र मोडेल हुन्, जो द ‘ट्युडर्स’ नामक श्रृंखलामा ‘क्वीन क्लाउड अफ फ्रान्स’, चलचित्र ‘द परफेक्ट हसब्यान्ड’मा भिओला र एक्शन थ्रिलर जनरामा निर्मित ‘द ट्रान्सपोर्टर रिफ्युल्ड’ मा जीनाको भूमिकाले परिचित छिन् । अभिनय र मोडलिङ करियरका अतिरिक्त, उनी एक अधिकारकर्मी हुन् जसले लैङ्गिक हिंसा र आत्महत्या रोकथामका निम्ति धेरै अन्तर्राष्ट्रिय अभियानहरूमा योगदान दिएकी छन् ।

रिताले लगाएका आरोपहरुबारे हामीले अभिनेता आयूष्मानसँग बुझ्ने कोसिस गर्‍यौं । तर, तीन दिनदेखि प्रयास गर्दा पनि उनको मोबाइलमा सम्पर्क हुन सकेन ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖