धनकुटाको छथर जोरपाटी गाउँपालिका स्कुल डाँडामा निर्माणाधिन नमूना पुस्तकालय तथा श्रोत केन्द्र

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका सिंधुवा बजार नजिक स्कुल डाँडामा नमूना पुस्तकालय तथा श्रोत केन्द्र निर्माण गरिदैछ ।

गाउँपालिकाको वडा नं ६ सिंधुवा छथर जोरपाटी सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रको पहलमा २ करोड १२ लाख २९ हजार लगानीमा केन्द्रको भवन निर्माण गरिएको हो ।

जापान सरकार र एस.भि.ए नेपालको एक करोड ६२ लाख र गाउँपालिका र पुस्तकालाय तथा श्रोत केन्द्रको ५० लाख २९ हजार लगानीमा रहेको केन्द्रका अध्यक्ष अर्जुन घिमिरेले जानकारी दिनुभयो ।

घिमिरेका अनुसार रिड नेपालको प्राविधिक सहयोगमा बनिरहेको तीन तले भवनमा पुस्तकाल,आईटी कक्षा,बिभिन्न प्राबिधिक तथा सीप सम्बन्धि तालिम हलहरु बन्नेछन् । शूरुमा पाँच सय भन्दा बढी पुस्तकालयका साथ महिला, यूवा, बालबालिका र प्राविधिक तालिम केन्द्रहरु सञ्चालनमा रहने छन् ।

सो भवनमा पुस्तकालय संगै यूवा तथा महिलाहरुलाई आवश्यक सीप सिकाउने केन्द्र तथा विद्यालय जानुअघि बालबालिकाहरुलाई सिकाई अभ्यास गराउने श्रोत केन्द्र सञ्चालनमा आउने घिमिरेले बताउनुभयो ।

पुस्तकालय र दीर्घकालिन श्रोत कक्षा सञ्चालनका लागि वडाका प्रत्येक घरका एक ब्यक्तिलाई स-शूल्क आजीवन सदस्य बनाउने कार्यक्रम चलिरहेको समेत उहाँले बताउनुभयो । भवन निर्माण पुरा भएपछि सञ्चालित श्रोत केन्द्रबाट बार्षिक तीन सय भन्दा बढी यूवा तथा महिलाहरुलाई सिपमूलक लालिम दिने लक्ष रहेको वडा अध्यक्ष दिपक गुरुङ्गले बताउनुुभयो ।

गत चैत्रबाट १० महिनामा काम पूरा गर्नेगरी भवन निर्माणको ठेक्का पाएको फुलजोर निर्माण कम्पनी प्रा।लि।काण्ठमाण्डौंले ३० प्रतिशत बढी काम सिकएको जनाएको छ । करिब सात लाख वराबरको दुई रोपनी क्षेत्रफलमा बनिरहेको पुस्तकालय तथा श्रोत केन्द्र भवनको लागि स्थानिय रनध्वज घिमिरेले जग्गा दान गर्नुभएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।