बल्छी धुर्बे र राजु मास्टरले ‘जुठे’मा मात्र सहकार्य गर्ने, ‘हल्का रमाइलो’ र ‘लफडा’ एक्लाएक्लै

काठमाडौं । टिभी श्रृंखलाका कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ र राजु पौडेल ‘राजु मास्टर’ पछिल्लो समय सम्बन्धको कारण चर्चामा छन् । केही सातादेखि यी दुईबीचको सम्बन्धमा ‘दरार’ आएको हल्ला सामाजिक सञ्जालमा फैलिएको थियो ।

हल्ला व्यापक भइसकेपछि शनिबार बल्छी धुर्बेले दुवैजनाको तस्वीर सार्वजनिक गर्दै आफूहरुको बीचमा सबै कुरा ठीकठाक रहेको सन्देश दिन खोजे । यो फोटो बाहिर आएपछि फ्यानले सन्तोषको सास फेरेका छन् । अलग भएको चर्चाबीच एक भएको सन्देश दिन बल्छी धुर्बेले तस्वीर ल्याएको अड्कलबाजी गरिएको छ ।

यसैबीच, कलाकार राजु मास्टरले उक्त भेटमा भएको सहमति र कुराकानीलाई बाहिर ल्याएका छन् । उनले केही मिडियासँग कुरा गर्दै बल्छी धुर्बेसँग टिभी सिरिज ‘जुठे’मा मात्र सहकार्य हुने र अन्य श्रृंखलामा अलग भएर काम गर्ने योजना बनेको बताएका छन् ।

शनिबार दुईबीच भएको भेटमा ‘जुठे’मा मिलेर काम गर्ने सहमति भएको छ । तर ‘जुठे’लाई नयाँ युट्युब च्यानलबाट स्ट्रिमिङ गर्ने कुरा छ । युट्युबको कमाइको हिस्सा आधा-आधा बाँड्ने बुझिएको छ । ‘जुठे’को छायांकन पनि चाँडै सुरु गर्ने योजना छ ।

अब ‘हल्का रमाइलो’मा बल्छी धुर्बे मात्र हुनेछन् भने ‘लफडा’मा राजु मास्टरलाई मात्र देख्न सकिने भएको छ । राजु मास्टरले केही दिनअघि नयाँ श्रृंखला ‘लफडा’को घोषणा गरेका थिए, जहाँ बल्छी धुर्बे छैनन् । निकटस्थले बताएअनुसार यी दुई कलाकारले शनिबार दिउँसोभरि एकसाथ बसेर योजनाबारे छलफल गरेका थिए ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।