जो मेकरसँग कहिल्यै स्क्रिप्ट माग्दैनन्, पारिश्रमिक कसरी निर्धारण हुन्छ ?

काठमाडौं । हास्य कलाकार राजाराम पौडेललाई अहिले पनि चलचित्रमा अभिनय गर्न भ्याइनभ्याई छ । अहिले उनी ‘हामी तीन भाइ’को छायांकनमा व्यस्त छन् ।

उनले हालसम्म करिब दुई सयको संख्यामा फिचर फिल्ममा अभिनय गरिसकेका छन् । विसं. ०३९ सालबाट अभिनयमा प्रवेश गरेका उनले करिब तीन सय टेलिफिल्ममा अभिनय गरेका छन् । तर, उनी सिनेमा तथा टेलिचलचित्रमा काम गर्नु अगाडि कहिल्यै स्क्रिप्ट माग्दैनन् ।

राजाराम स्क्रिप्ट नै नमागी अभिनय गर्ने कलाकार हुन् । “म कहिल्यै पनि स्क्रिप्ट माग्दिनँ । कस्तो कथा हो भनेर निर्देशक तथा निर्मातासँग सोध्छु । उनीहरूले कथाबारे भन्छन्,” राजाराम बाह्रखरीसँग भन्छन्, “कथा मन पर्‍यो भने म आफ्नो भूमिका के हो भनेर सोध्छु । आफूलाई अफर गरेको रोल मन पर्‍यो भने म ओके गर्छु । तर, स्क्रिप्ट माग्दिन ।”

राजाराम सुटिङ सेटमै गएर आफूले कस्तो रोल गर्नु पर्ने हो भनेर सोध्छन् र आफ्नो डाइलग माग्छन् । “सुटिङमा गएर म मेरो भूमिका कस्तो खालको हो भनेर सोध्छु । त्यसपछि डाइलग के छ भनेर माग्छु,” उनी भन्छन्, “त्यसपछि टेक लिनु अगाडि एकपटक प्राक्टिस गर्छु । मैले गर्ने यति मात्रै हो । अफर आउनबित्तिकै म मकेरसँग स्क्रिप्ट माग्दिनँ ।”

उनलाई लामो रोलभन्दा छोटो–छोटो रोल भएको चलचित्र मनपर्छ । राजाराम सिन कति छ त्यहीअनुसार पारिश्रमिक चार्ज गर्छन् । “सुटिङ काठमाडौं भित्र अथवा बाहिर छ, कति सिन छ, त्याे हेरेर पारिश्रमिक लिन्छु,” उनी स्पष्ट पार्छन् । पछिल्लो समय आफूले नाइट सुटिङ भएका चलचित्रमा काम गर्न छोडेको राजाराम बताउँछन्।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।