कुनै बेला थिए सुपरस्टार थिए भारत भूषण, जुवामा हारे सबै सम्पत्ति : चरम गरिबीमा मृत्यु

भारत भूषण सन् १९५० को दशकका सुपरस्टार थिए र धेरैले उनलाई आफ्नो समयको सर्वश्रेष्ठ अभिनेतामध्ये एक मान्थे । सन् १९५० को दशकमा भारत भूषण भारतमा अत्यधिक चर्चित थिए । राज कपुर, देव आनन्द र दिलीप कुमारजस्ता सुपरस्टार्सको उपस्थितिका बाबजुद भारत भूषण हिन्दी सिनेमामा आफ्नो भिन्न पहिचान बनाउन सफल रहे । भारत भूषणले आफ्नो करियरमा ३० भन्दा बढी फिल्ममा काम गरे र बैजु बावरा (१९५२), आनन्द मठ (१९५२), मिर्जा गालिब (१९५४) र मुड मुड के ना देख (१९६०) जस्ता थुप्रै हिट फिल्ममा काम गरे ।

bharat bhusan1यद्यपि, भारत भूषणले सफलतालाई सम्हाल्न सकेनन् र आफ्नो समयका सबैभन्दा धनी अभिनेतामध्ये एक भए पनि, जीवनको उत्तरार्द्धमा चरम गरिबीको सामना गरे । भूषण सन् १९२० मा उत्तर प्रदेशको मेरठमा थिए र अलिगढमा आफ्नो पढाइ पूरा गरेपछि अभिनयमा हात हाल्न मुम्बई पुगे । भरत भूषणले सन् १९४१ मा चित्रलेखासँग डेब्यु गरेका थिए र उनको पहिलो हिट फिल्म मीना कुमारीसँग बैजु बावरा थियो ।

bharat bhusan2यसपछि भारत भूषणले श्री चैतन्य महाप्रभु (१९५४) र बरसात की रात (१९६०) जस्ता धेरै हिट फिल्महरूमा काम गरे । बैजु बावराले भारत भूषणलाई घर–घरमा चर्चित बनायो । फिल्ममा उनले ‘तानसेन’ लाई चुनौती दिने सङ्गीतकारको भूमिका निर्वाह गरेका थिए ।

bharat bhusan3भारत भूषणले गीता बाली (सुहाग रात), निरुपा रोय (औरत तेरी यही कहानी), नरगिस (सागर) र मधुबाला (फागुन) सहित आफ्नो समयका लगभग सबै लोकप्रिय अभिनेत्रीहरूसँग काम गरे । तर, भरत भूषणले बैजु बावरापछि पाएको ठुलो सफलता र सेलिब्रेटीको हैसियतलाई सम्हाल्न सकेनन् । उनले आफ्नो भाइसँग मिलेर प्रोडक्सनमा हात हाल्ने निर्णय गरे र ठुलो आर्थिक घाटाको सामना गर्नुपर्‍यो ।

bharat bhusan4रिपोर्टका अनुसार भूषण आफ्नो करियरको चरममा बलिउडका सबैभन्दा धनी अभिनेतामध्ये एक थिए तर उनी कंगाल भए । शशि कपुर, राजेश खन्ना र धर्मेन्द्र जस्ता सेलिब्रिटीको उदय भएपछि भारत भूषणको करियर समाप्त भयो । भारत भूषणले आफ्नो धेरैजसो सम्पत्ति बेचिदिए र भाडाको सानो टहरामा बस्न थाले । उनले आफ्नो गुजारा चलाउनका लागि केही फिल्ममा जुनियर आर्टिस्टको रूपमा पनि काम गरे । कुनै बेला भारत भूषण मुम्बईका थुप्रै बंगलाका मालिक थिए, शानदार कारमा घुम्थे तर निर्माता बनेपछि उनको पतन सुरु भयो ।

टाइम्स अफ इन्डियाको एक रिपोर्टका अनुसार भारत भूषणले जुवामा आफ्नो धेरैजसो पैसा र सम्पत्ति हारे । उनको २७ जनवरी १९९२ मा ७२ वर्षको उमेरमा अत्यन्त निर्धन अवस्थामा मृत्यु भयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।