आज विश्व आदिवासी जनजाति दिवस, धनकुटामा यस्ता कार्यक्रम हुँदै

धनकुटा । आज २९ औं विश्व आदिवासी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसको अवसरमा धनकुटामा नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद धनकुटाले पनि विविध कार्यक्रम आयोजना गर्ने भएको छ ।

यो दिवसलाई आदिवासी अधिकार र पहिचान स्थापित गर्ने लक्षका साथ आन्दोलनकै रुपमा मनाउने परिषदले जनाएको छ । जसअनुसार धनकुटा ७ समावेसी टोलमा रहेको आदिवासी भवनमा निर्माणधिन आदिवासी साँस्कृतिक संग्राहलयको अवलोकन तथा समिक्षा,आ आफ्नो मौलिक भेषभुषा सहितको र्याली प्रर्दशन, पहिचानको आन्दोलनको समिक्षा तथा शूभकामना आदान प्रदान गर्ने कार्यक्रम रहेका छन् ।

सप्ताह व्यापी रुपमा मनाईदै गरेको विश्व आदिवासी जनजाती दिवस अन्र्तगत यसअघि धनकुटाको सहिदभुमी गाउँपलिकामा विभिन्न कार्यक्रम गरि सकिएको छ । आज धनकुटा सदरमुकाममा गर्ने र यसपछि जिल्लाका अन्य पालिका हरुमा गर्दै जाने नेपाल आदिवासी जनजाती जिल्ला समन्वय परिषद धनकुटाका अध्यक्ष सञ्जय सन्तोषी राईले बताउनु भएको छ ।

सन् १९९४ डिसेम्बर २३ मा भएको संयुक्त राष्ट्रसंघको साधारणसभाले अगस्त ९ लाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि बढाएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।