ओएमजी-२ मा शिवले कचोरी किनेको दृश्य विवादमा

मुम्बई । अक्षय कुमार अभिनीत चलचित्र ओएमजी २ को दर्शकहरुले निकै प्रतीक्षा गरिरहेका छन् । प्रदर्शनमा आउनु अघि नै अनेक विवाद र लफडामा परेका ओएमजी २ माथि फेरि अर्को सङ्कट आइपरेको छ ।

हालै नेपालको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धार्मिक भ्रमणमा गएको उज्जैनको महाकाल मन्दिरका पुजारीले ओएमजी–२ फिल्मका निर्मातालाई कानुनी नोटिस पठाएका छन् ।

फिल्ममा भगवान् शिवको रूप गलत देखाइएको उनीहरूको भनाइ छ । शिवले पसलबाट कचोरी किनेको देखाइएको छ । यसले भक्तजनको भावनामा ठेस पुग्छ । नोटिसमा अपमानजनक दृश्य हटाउन र सार्वजनिक माफी माग्न उक्त मन्दिरका पुजारीले ओएमजीका निर्माता र निर्देशकलाई भनेका छन्।

त्यसै त ओएमजी २ लाई सेन्सर बोर्डले ए सर्टिफिकेट दिएको छ । अर्थात् १८ वर्ष मुनिका व्यक्तिले यसलाई हेर्न पाउने छैनन् । यसबारे महाकाल मन्दिरका पुजारीहरू यस फिल्ममा अश्लील दृश्यहरू रहेको प्रति पनि आपत्ति जनाएका छन् । महाकाल मन्दिरका पुजारीले सो फिल्ममा भगवान् शिव सम्बन्धी कुनै अश्लील दृश्य देखिए देशैभर प्रदर्शन गर्न नदिने चेतावनी दिएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖