कण्डम प्रयोग गर्दा नगर्नुहोस् यस्ता गल्तीहरु

एजेन्सी । कण्डम एउटा परिवार नियोजनको साधन तथा यौन रोगहरू सर्नबाट बचाउने साधन हो। कण्डम यौन सम्पर्कको समयमा पुरुषले प्रयोग गर्ने बस्तु भएता पनि आजभोलि बजारमा महिलाले प्रयोग गर्ने महिला कण्डम पनि उपलब्ध भैसकेका छन्।

कन्डम पुरुषको उत्तेजित लिङ्गमा लगाउने परिवार नियोजनको साधन हो । कन्डम मात्र एउटा यस्तो साधन हो जसले गर्भवती हुन र यौनजन्य सङ्क्रमण जस्तै एच।आई।भी। र अन्य यौनरोगहरू सर्नबाट रोक्दछ । साधारणतया यो सजिलै पाउन सकिन्छ र यो एक पल्ट लगाएपछि फेरि दोहोर्याएर प्रयोग गर्न मिल्दैन ।

कण्डम गर्भान्तरको लागि पुरुषले प्रयोग गर्ने परिवार नियोजनको एक मात्र अस्थायी साधन हो । यो प्रत्येक पटकको यौन सम्पर्कमा सही तरिकाले प्रयोग गर्नुपर्छ । घरभन्दा बाहिर कामकाज गर्ने व्यक्ति घर फर्कदा अनिच्छित गर्भ रहनबाट रोक्न कण्डम प्रयोग गर्नुपर्छ ।

कण्डमले दोहोरो सुरक्षा प्रदान गर्छ । यसले गर्भ निरोधक र एच।आई ।भी तथा अन्य यौन रोगको संक्रमणबाट बचाउँछ । यो प्रयोग गरिसकेपछि उचित ठाउँमा व्यवस्थापन गर्नुपर्छ ।
कण्डम नजिकको स्वास्थ्य संस्था साथै महिला स्वास्थ्य स्वयंसेविकाबाट पनि निशुल्क उपलब्ध हुन्छ । यदि यौन सम्पर्कको बेला कण्डम फुटेमा चाँडो भन्दा चाँडो १२० घन्टाभित्र आकस्मिक गर्भ निरोधकको उपाय अपनाउनु पर्छ ।

कन्डमको प्रयोगमा के कस्ता गल्ती हुनसक्छ

कण्डमको प्याकेट दाँतले खोल्नु

कण्डम चेक नगर्नु

यौन गतिविधि शुरु भएपछि कण्डम प्रयोग गर्नु

कण्डमलाई दोस्रो पटक प्रयोग गर्नु

एक्सपायरी डेटको जाँच नगर्नु

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।