यश कुमारको ‘सुस्तरी सुस्तरी’मा सडकमा मकै पोलेर गुजारा गर्ने युवती र नगरप्रहरीको कथा

आहा सुस्तरी सुस्तरी यो मन फसेछ
नबोली नबोली माया बसेछ/ गायक यश कुमारको नयाँ गीत ‘सुस्तरी सुस्तरी’का शब्द हुन् यी । प्रेमभावमा यश कुमार स्वयंले शब्द रचना गरेको यो गीतमा संगीत पनि उनले नै भरेका छन् । गीतमा यशलाई अनु चौधरीले गायनमा साथ दिएकी छन् भने एरेन्ज एसके बच्चाले गरेका छन् ।

गीतको भिडियोमा सडकमा मकै पोलेर बेचेर गुजारा गर्ने युवती र नगरप्रहरी जवानबीचको प्रेम सम्बन्धको कथालाई उनिएको छ । जसमा यश कुमार र अनु थापाले अभिनय गरेका छन् । निकेश खड्काले निर्देशन गरेको म्युजिकल फिल्म भनिएको यो गीतको भिडियोमा राजेश घतानी, पन्छी तामाङ र अनिता लामाले पनि अभिनय गरेका छन् ।

भिडियोमा सडकमा व्यापार गर्नेका पीडा, नगरप्रहरीका बाध्यता र वैदेशिक रोजगारीका आयामलाई समेत चित्रण गरिएको छ ।

यश कुमारकै कथा रहेको भिडियोलाई उत्तम हुमागाईंले खिचेका हुन् भने विकास धमलाले सम्पादन तथा कलर संयोजन गरेका छन् । गीतलाई ‘यश कुमार अफिसियल’ युट्युब च्यानलमा सार्वजनिक गरिएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।