२०८१ सालमा बिहे गर्छु, ढिलो होस् तर राम्रो होस् : गायिका सुनिता दुलाल

काठमाडौं । लोकगायिका सुनिता दुलालको विवाहको कुरालाई लिएर निकै चर्चा हुने गरेको छ । विभिन्न कार्यक्रममा सञ्चारकर्मीहरुले उनलाई विवाह कहिले गर्ने ? भनेर प्रश्न तेर्स्याइहाल्छन् ।

मंगलबार तीज गीत ‘पियारी’ सार्वजनिक कार्यक्रमा पनि उनी यो प्रश्नबाट बच्न सकिनन् । उक्त कार्यक्रममा सुनिताले आगामी वर्ष विवाह गर्ने योजनामा आफू रहेको बताइन् ।

‘विवाहका लागि सबै कुरा मिल्नुपर्‍यो । ढिलो होस् तर राम्रो होस् । विवाहको योजनामै छु । २०८१ सालमा विवाह गर्छु,’ उनले भनिन् ।

सुनिताले यसअघि पनि आफू विवाहको तयारीमा रहेको बताउँदै आएकी थिइन् । तीन वर्षअघि पनि उनको विवाह गर्न लागेको खबर बाहिरिएको थियो । त्यसबेला सुनिताले यो खबरले आफू छक्क परेको बताएकी थिइन् । मंगलबार भने उनले विवाहको लागि कुरा भइरहेको खुलाउँदै आगामी वर्ष विवाह गर्ने योजना रहेको बताइन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।