धनकुटामा यसरी मनाइयो विश्व आदिवासी जनजाति दिवस
धनकुटा । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद धनकुटा र एकल जातिय संस्थाहरुले आज धनकुटामा २९ औं विश्व आदिवासी दिवस आन्दोलनकै रुपमा मनाएका छन् ।
आदिवासी अधिकार र पहिचान स्थापित गर्ने लक्षका साथ परिषदले यो दिवस आन्दोलनकै रुपमा मनाएको हो । दिवसको अवसरमा परिषदले धनकुटामा विभिन्न जातजातीको भेषभुषा सहितको र्याली प्रर्दशन, आदिवासी भवनमा निर्माणधिन आदिवासी साँस्कृतिक संग्राहलयको अवलोकन तथा शूभकामना आदान प्रदान गर्ने कार्यक्रम गरेको छ ।
र्यालि प्रदर्शन पछि भएको कार्यक्रममा जिल्ला समन्वय समिति धनकुटाका संयोजक निरेन तामाङ, नेपाल तामाङ घेदुङका केन्द्रिय सदस्य विष्णु मोक्तान,नेपाल मगर संघका केन्द्रिय उपाध्यक्ष गणेश पिठाकोटे प्रदेश पुन:नामाकरण संयुक्त संघर्ष समितिको तर्फबाट कमलसिं तिगेला लिम्बु लगायतले शूभकामना मन्तव्य राखेका थिए ।
नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषदका अध्यक्ष सञ्जय सन्तोषी राईको अध्यक्षतामा सञ्चालित कार्यक्रममा स्वागत मन्तव्य परिषदका सदस्य निरोज गुरुङले राख्नुभएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले राज्यको दमन विरुद्ध आफ्नो अधिकार प्राप्तिका लागि आदिवासीहरु आन्दोति हुन आवश्यक रहेको बताएका थिए ।
उनिहरुले अाफ्नाे पहिचान स्थापित गर्न र अधिकार हाँसिल गर्न सम्भब रहेकाे उल्लेख गर्दै त्यसका लागि सम्पूर्ण अादिवासी एक जुट हुनपर्ने बताएका थिए ।


