विवाहमा नाच्ने भन्दै जब सनीले गरे ट्रोल, शाहरुखले भनेका थिए – विश्वका धनाढ्यले मात्रै…

सनी देओल र बलिउडका बादशाह भनिने शाहरुख खानबीचको विवादबारे धेरैलाई अवगत होला । आज यी दुईको सम्बन्ध कस्तो छ, त्यसबारे खासै जानकारी त छैन तर कुनै समय यस्तो थियो जब उनीहरुले एक–अर्कालाई कटाक्ष गर्न कुनै मौका छोड्दैनथे । कुरा गरौँ सनीको त्यो अन्तरवार्ताको जब उनले शाहरुखको विवाहमा नाच्ने बारे प्रतिक्रिया दिएका थिए । सनीलाई त्यतिबेला शाहरुख खानले जवाफ पनि फर्काएका थिए ।

जब शाहरुखमाथि सनीले दिएका थिए प्रतिक्रिया

पुरानो एक अन्तरवार्तामा सनीले भनेका थिए, ‘अरूको विवाहमा नाचेपछि तपाईंले आफ्नो गरिमा गुमाउनु हुन्छ । यद्यपि, अहिले यो फेसनेबल बनिसकेको छ । तर मलाई के लाग्छ भने यस्तो गरेर मानिसहरू आफ्नो आत्मसम्मान गुमाइरहेका छन् । हामी अभिनेता हौँ, तमासा गर्ने व्यक्ति होइनौँ । मुजुरा गर्नेहरू मात्रै विवाहमा नाच्छन्, अभिनेता–अभिनेत्रीले होइन । अभिनेताले आफ्नो गरिमा जोगाउनुपर्छ भन्ने मलाई लाग्छ । साथीको विवाहमा नाच्नु अर्कै कुरा हो तर पैसाका लागि काम गर्नु सस्तो कुरा हो ।’

शाहरुखले पनि दिए जवाफ

सनी देओलको यो बयानमा शाहरुखले प्रतिक्रिया दिएका थिए । उनले भनेका थिए, ‘यसमा पैसा जोडिएको छ किनभने म यो पैसालाई आफ्नो फिल्म बनाउन खर्च गर्छु । मलाई फिल्म बनाउन उधारो माग्नु पर्दैन । कसैका लागि पनि सबैभन्दा खुसीको पल विवाह हो । मलाई मानिसको खुसीमा सहभागी हुन मन पर्छ । विश्वका धनाढ्यले मात्रै मेरो मूल्य चुकाउन सक्छन् ।’

किन भयो शाहरुख–सनीबीच झगडा ?

शाहरुख र सनी देओलबीचको झगडा फिल्म ‘डर’ बाट सुरु भएको हो । यसमा शाहरुख खान भिलेन र सनी देओल हिरो थिए । सनीले फिल्ममा भिलेनको भूमिकालाई किन ग्लोरिफाइ गरियो भनेर प्रश्न सोधेका थिए । सनीको हिरोको पात्रलाई शाहरुखले ओझेलमा पारिदिएको थियो । सनीले यश चोपडामाथि धोका दिएको आरोप लगाएका थिए । सनीले यश चोपडा र शाहरुख खानसँग काम नगर्ने घोषणा गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।