सहिदभूमिमा सामुदायिक संवाद कार्यक्रम सम्पन्न

धनकुटा । महिला तथा सिमान्तकृत समूहको न्यायमा पहुँच वृद्धीका लागि सामुदायिक संस्था मार्फत कानुनी सहायता परियोजना अन्र्तगत सहिदभुमी गाउँपालिका वडा नं २ मा सामुदायिक संवाद कार्यक्रम सम्पन्न भएको छ ।

पहिलो संविधानसभा सदस्य कानुनविद दूर्गा लिंखाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपस्थित जनप्रतिनीधि, स्थानिय,सरोकारवाला,विभिन्न राजनीतिक दलका प्रतिनीधि वीच कानुन सम्बन्धि कुरामा संवाद भएको थियो ।

कार्यक्रममा वहुविवाह,सम्बन्ध विच्छेद,जन्म दर्ता,नागरिक्ता प्राप्ति,सच्याउने लगायतका वारेमा कानुनी प्रक्रिया र प्रावधानको बारेमा जानकारी गराईएको थियो ।

कार्यक्रममा वैतनिक अधिवक्ता सुमित्रा राई जिल्ला प्रशासन अधिकृत अंकित मंग्राती,सहिदभुमी गाउँपालिका अध्यक्ष मनोज राई, उपाध्यक्ष रत्नश्वरी राइ, प्रमुख प्रशासकीय अधिकृत नविन कार्की वडाध्यक्ष खगेन्द्र राई,न्यायिक समिति सदस्य सोम राना लगायतले अहिलेसम्म काम गर्दा आएका कानुनी समस्या र समाधानका लागि भईरहेका प्रयासको वारेमा सहजिकरण गरेका थिए ।

कार्यक्रमको अध्यक्षता पर्डेप नेपाल धनकुटाका कार्यकारी ,निर्देशक मिन सुवेदीले गर्नुभएको थियो । यो कार्यक्रम युएनडिपीको आर्थिक सहयोग,पर्डेप नेपाल धनकुटाको सहजिकरण र सहिदभुमी गाउँपालिकाको समन्वयमा सञ्चालन भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।