तरुण दल धनकुटाको अध्यक्षमा अमित लो तामाङ

धनकुटा । नेपाल तरुण दल धनकुटा जिल्लाका उपाध्यक्ष अमित लो तामाङलाई कार्यवहाक अध्यक्षको जिम्मेवारी दिएको छ । नेपाल कांग्रेसको आन्तरिक विशेष अभियान अन्र्तगत वीहिबार भएको नेपाल तरुण दल धनकुटाको भेलाले तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो ।

तरुण दल जिल्ला अध्यक्ष युवराज पराजुली केन्द्रिय सदस्यमा मनोनित हुनु भएपछि रिक्त रहेको पदमा जिल्ला उपाध्यक्ष तामाङलाई कार्यवहाक अध्यक्षको जिम्मेवारी दिईएको हो ।

कार्यवाहक अध्यक्षको जिम्मेवारी पाउनुभएका तामाङलाई तरुण भेलाको वीच माला खादा तथा अविर लगाई बधाई ज्ञापन गरिएको थियो । उहाँलाई बधाई दिदैकांग्रेस जिल्ला सभापती दिनेश राई, सचिव विजय सन्तोषी राई,क्षेत्र नं। १ का सभापती जितेन्द्र राई,उपसभापती मिलन खड्गी,नगर सभापती नरेश श्रेष्ठ,नेपाल तरुण दलका केन्द्रिय सदस्य पराजुलीले अव धनकुटामा तरुण दल अझ सक्रिय भई नया ढंगबाट संगठन निर्माणका साथ जिल्लाको विकास र समृद्धीका लागि क्रियाशिल हुनुपर्नेमा जोड दिए ।

धनकुटा जिल्लाबाट युवराज पराजुली,तिलक महत, र मदन घिमिरे यसअघि नै तरुण दल केन्द्रिय सदस्यमा मोनोनित भईसकेका छन् ।
तरुण दल जिल्ला उपाध्यक्षमा चिरञ्जिवी थापा,सचिवमा नरेन्द्र कश्चित, सदस्य भरत श्रेष्ठ २१ सदस्यीय कार्य समिति रहेको छ ।

अध्यक्षमा मनोनित भएपछि तामाङले धनकुटामा यूवाहरुलाई संगठित गर्दै सर्वाधिक शक्तिशाली संगठनरुपमा तरुण दललाई स्थापीत गरी सवैको आशा र भरोसाको संगन बनाउने उद्घोष गर्नुभएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।